मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करको विरोधमा सोमबार देशभरका हल बन्द, अन्तर्राष्ट्रिय मिडियामा चर्चा

फिल्मीखबर, काठमाडौं, 2024/02/05

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा

 

सरकारले विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी कर लिन थालेपछि त्यसको विरोधमा सोमबार देशभरका हलहरु बन्द गरिएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको निर्णयअनुसार मूल्य अभिवृद्धि करबाहेकका अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा हल बन्द गरिएको हो । मंगलबारबाट भने हलहरु यथावत् रुपमै सञ्चालनमा आउनेछन् ।

संघले भनेको छ, ‘फिल्म क्षेत्रलाई विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ । मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागूबाहेक अन्य कर नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको छ ।’ संघले करको विरोधमा आन्दोलनको तयारी समेत गरिरहेको जनाइएको छ ।

सरकारलाई दबाबस्वरुप हल बन्द गर्ने निर्णयप्रति फिल्मकर्मीहरुले समर्थन जनाएका छन् । सरकारले यो विषयलाई चाँडै सम्बोधन गर्नुपर्ने फिल्मकर्मीहरुको जोड छ । त्यस्तै, करको विरोधमा हल बन्द गर्ने निर्णयको अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ । प्रतिष्ठित अमेरिकी अनलाइन भेराइटीले करका कारण नेपाली फिल्म स्वदेशमै अस्तित्वको संकटमा रहेको उल्लेख गरेको छ ।