मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिटामोल’मा सौगात र बेनिशाको गाउँले गेटअप

फिल्मीखबर, काठमाडौं, 2024/02/05

saugat malla and benisha hamal

 

‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको फेरि एकपटक फिल्ममा जोडी बाँधिएको छ । राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’मा उनीहरु एकसाथ देखिँदैछन् । यतिबेला सिन्धुली क्षेत्रमा छायांकन भैरहेको फिल्मको सेटबाट सौगात र बेनिशा क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । फिल्मीखबरलाई प्राप्त तस्विरमा उनीहरु गाउँले गेटअपमा प्रस्तुत छन् ।

शिरमा ढाकाटोपी र स्टकोट लगाएका सौगातले एउटा हातमा कुखुराको भाले बोकेका छन् भने अर्को हातले बैसाखी टेकेका छन् । उनीसँगै उभिएकी बेनिशा बच्चा बोकेर देखिएकी छन् । उनी सुत्केरी महिलाको गेटअपमा छिन् । यो तस्वीरले फिल्ममा सौगात र बेनिशा श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । ‘झ्यानाकुटी’मा पनि उनीहरुले दम्पतीको भूमिकामा अभिनय गरेका थिए ।

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण भैरहेको फिल्मलाई अर्को वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ । दिव्य सुवेदीले छायांकन गरिरहेको फिल्ममा लोकेन्द्र लेखकको पनि मुख्य भूमिका छ । फिल्मको कथा निर्देशक साने स्वयंको हो भने पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक सानेले यसअघि ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’ आदि फिल्मको निर्देशन गरिसकेका छन् ।