मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिला संघर्षको कथामा सविर र सविनले ‘रुखान’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2024/02/05

rukhan movie

 

‘कसले चोर्‍यो मेरो मन’ फेम्ड निर्देशक सविर श्रेष्ठले ‘रुखान’ नाममा फिल्म बनाउने भएका छन् । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । एआईको प्रयोग गरेर तयार पारिएको पोस्टरमा एक महिलालाई विद्रोही अवतारमा चित्रण गरिएको छ । पृष्ठभूमिमा आन्दोलनकारी, आर्मी फोर्स, अक्सिजन माक्स लगाएको विरामी र न्यायमूर्तिको प्रतिमा देखिन्छ ।

नेपालीसँगै अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा बन्न लागेको फिल्मको निर्मातामा कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङ छन् भने सविन श्रेष्ठ कार्यकारी निर्माता हुन् । फिल्ममा डाक्टर रुपक घिमिरेको कथा तथा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । सविन फिल्म्स, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने फिल्ममा अर्जुन पोखरेलले संगीत दिनेछन् ।

फिल्मको बारेमा निर्देशक श्रेष्ठ भन्छन्, ‘यो एक महिलाको संघर्षको कथा हो । यसबाट हामीले देशका नागरिकहरुको समस्यालाई उजागर गर्ने प्रयास गरेका छौं ।’ फिल्मको मुख्य पात्रमा महिला कलाकार हुने निर्देशक श्रेष्ठले स्पष्ट पारेका छन् । उनका अनुसार, यतिबेला कलाकार छनोटको प्रक्रिया भइरहेको छ । निकट स्रोतका अनुसार, फिल्मको मुख्य भूमिकामा सविन श्रेष्ठ पनि हुनेछन् ।