मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’ गीतमा गोर्खा सैनिकको बखान

फिल्मीखबर, काठमाडौं, 2024/02/08

bijay lama

 

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’को ‘जय जय गोर्खाली’ बोलको गीत सार्वजनिक गरिएको छ । गोर्खा सैनिकको बहादुरीको बखान गरिएको गीतमा राजेशपायल राईको स्वर, पूर्व आईजीपी शैलेन्द्र खनाल (शदर)को शब्द तथा एलिस कार्कीको संगीत छ । फिल्मभित्रको द्वन्द्वका दृश्य समावेश गरिएको गीतले फिल्मको कथा बोल्ने निर्देशक चाम्सले बताएका छन् ।

आगामी फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बनेको हो ।

गत भदौमा बेलायतस्थित प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्ड’मा प्रिमियर गरिएको फिल्मको आगामी फागुन ५ गते लाहुरेको सहर भनेर चिनिने धरानमा पनि प्रिमियर गरिँदैछ । त्यसपछि पोखरामा र फागुन ९ गते काठमाडौंमा प्रिमियर गर्ने निर्देशक चाम्सको योजना छ । हिन्दी र अंग्रेजी भाषामा पनि तयार भएको फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा एक अमेरिकी कम्पनीले वितरण गर्ने जनाइएको छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । निर्देशक चाम्सले विश्वलाई गोर्खाली सैनिक चिनाउन फिल्म बनाएको बताएका छन् ।