मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’ले मन तृप्त बनाउने रेखाको ग्यारेन्टी

फिल्मीखबर, काठमाडौं, 2024/02/09

रेखाले अमेरिकामा सन्तानलाई जन्म दिन लागेकी हुन् ?

 

आगामी फागुन महिना अभिनेत्री रेखा थापाका लागि विशेष छ । यो महिनामा उनको दुईवटा उपहार आउँदैछ । उनले ५ वर्षपछि कमब्याक गरेको फिल्म ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ भने त्यसभन्दा अगाडि उनी आमा भइसकेकी हुनेछिन् । यतिबेला उनी श्रीमानसँग अमेरिकामा छिन् । उनले अमेरिकाबाटै डिजिटल माध्यमबाट फिल्मको प्रचार गरिरहेकी छन् ।

यसबीच, रेखाको युट्युब च्यानलमा फारुक कैसरले लिएको एक अन्तर्वार्तामा उनले अहिले बनिरहेका फिल्मभन्दा ‘उपहार’ उत्कृष्ट रहेको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘म ग्यारेन्टी गर्छु कि ‘उपहार’ले मन तृप्त बनाउँछ । बल्ल फिल्म हेरियो भन्ने लाग्नेछ । नेपाली फिल्म अझ हेर्नुपर्छ भन्ने पनि बनाउनेछ । अहिले नेपाली फिल्म राम्रो बनिरहेका छन्, त्यसमध्ये पनि उत्कृष्ट फिल्म हो यो ।’

गर्भावस्थामा रेखा अमेरिका गएपछि विभिन्न खालका टिका-टिप्पणी भैरहेका छन् । पहिलो सन्तानलाई जन्मजात अमेरिकी बनाउन उनी अमेरिका गएको भन्दै यसलाई राजनीतिकरण समेत गरिएको छ । रेखाले भने फिल्म रिलिजको बेला धेरै नै चटारो र तनाव हुने भएकाले गर्भावस्थामा त्यो स्वस्थ्यका लागि राम्रो नहुने फिल्मको टिमको सुझावपछि आफू अमेरिका आएको स्पष्ट पारेकी छन् ।

उनले भनेकी छन्, ‘गर्भावस्थामा तनाव लिनु हुँदैन भनेर ज्ञानेन्द्र देउजा दाई (उपहार निर्देशक)ले तीन महिना जति आराम गर भनेर आग्रह गर्नुभएको थियो । नेपालमा हुँदा फिल्मको प्रचारदेखि रिलिजको चटारोले तनाव बढी हुन्छ, त्योभन्दा बरु केही महिना बाहिर गएर आराम गर, नेपालमा म सम्हाल्छु भन्नुभएपछि हामी यहाँ आएका हौं ।’ रेखाले बैशाखमा आफू नेपाल फर्किने जनाएकी छन् ।