मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हात्तीछाप’ हेरेपछि निश्चलको सुझाव- ‘अलि कसिलो हुनुपर्थ्यो’

फिल्मीखबर, काठमाडौं, 2024/02/11

nischal basnet and swastima khadka

 

अक्सर नेपाली फिल्ममेकरले प्रिमियर वा विशेष शोमा फिल्मको तारिफ मात्र गरेको सुनिन्छ । मानौं, फिल्ममा कुनै पनि कमजोरी छैन । हलभित्र भने प्रायः सिटमै निदाएका हुन्छन् । तर, मिडियाको अगाडि तारिफको फुलबुट्टा भरेर थाक्दैनन् । हुन त निर्माता/निर्देशकले पनि त्यही अपेक्षा गरेका हुन्छन् । यसैले अचेल फिल्मकर्मीको तारिफलाई दर्शकहरुले विश्वास गर्नै छाडिसकेका छन् ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले भने शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘हात्तीछाप’ हेरेपछि कमजोरी पनि औंल्याउने प्रयास गरे । फिल्म रमाइलो बनेको भए पनि अझ राम्रो बन्न सक्थ्यो भन्ने उनको बुझाई छ । शनिबार फिल्म हेरेपछि उनले भने- ‘फिल्म ठीकै लाग्यो । अझ धेरै राम्रो हुन सक्थ्यो होला । यद्यपि, फिल्म रमाइलै छ । अलि कसिलो भैदिएको हुन्थ्यो भने अझ प्रभावकारी हुन्थ्यो ।’

दर्शकलाई फिल्म रमाइलो लाग्न सक्ने निश्चलको विश्वास छ । ‘फिल्म उत्कृष्ट छ या छैन भन्ने कुरा हेर्ने मान्छे आफैंले छुट्याउनुहुन्छ । हामीले पनि कति सिनमा ‘इन्जोय’ गरेका थियौं । तर, हामीले दर्शक भएर मात्र फिल्म हेर्न सक्दैनौं । अलिकति मेकरको हिसाबले पनि हेर्छौं, अनि त्यो कुरा भन्दाखेरि कतिलाई ठीक हो भन्ने लाग्न सक्छ, कतिलाई के बोल्या हो जस्तो लाग्ने रैछ,’ उनले हाँस्दै भने ।

निश्चलसँगै ‘हात्तीछाप’ हेर्न पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्म रमाइलो लागेको प्रतिक्रिया जनाइन् । ‘ट्रेलरमा भन्दा फिल्ममा अरु धेरै कुरा छ । ट्विस्ट एन्ड टर्नहरु पनि छन् । फिल्मको त्यही नै रमाइलो पक्ष हो,’ उनले भनिन् । उनले सौगात मल्ल र दयाहाङ राईको अभिनयको पनि प्रशंसा गरिन् । २ घण्टा ‘इन्जोय’ गर्ने सोच बनाएर आउँदा ‘हात्तीछाप’ उपयुक्त फिल्म हुने उनको तर्क छ ।