मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा ‘तेल भिसा’को अडिसन गर्दै शंकर

फिल्मीखबर, काठमाडौं, 2024/02/12

tel visa

 

निर्देशक शंकर घिमिरे आफ्नो नयाँ फिल्म ‘तेल भिसा’को आगामी चैत दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे निश्चित भैसकेको अवस्थामा अब अमेरिकाका लागि अडिसन आह्वान गरिएको छ । ७० प्रतिशत अमेरिकामै खिचिने भएकाले निर्देशक घिमिरेले त्यहीँ अडिसनमार्फत् सहायक कलाकार छनोट गर्न लागेका हुन् ।

अडिसनमा फरक-फरक वर्ण र विभिन्न उमेर समुहका स्वदेशी तथा विदेशी सहभागी हुन सक्नेछन् । त्यसका लागि अमेरिकामा नै बसोबास गरेको हुनुपर्ने, कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा तथा भेषभूषाको समेत राम्रो ज्ञान हुनुपर्ने सर्त राखिएको छ । इच्छुकले निर्माण कम्पनी वेल डन क्रियशनको इमेल [email protected] मा फोटो र बायोडाटा पठाउनुपर्नेछ ।
 
सेभेन सिज इन्टरटेन्मेन्ट र वेल डन क्रियशनको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मको अमेरिकास्थित मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क र वासिङटन डिसीमा छायांकन हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा खिचिनेछ । फिल्ममा विपिन दोहोरो भूमिका (बाबु-छोरा)मा हुने जनाइएको छ । विदेशमा गएर त्यहीँ स्थापित हुने क्रमले नेपाली समाजको बदलिँदो स्थितिलाई फिल्मले देखाउनेछ ।