मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलन भन्छन्, ‘सबैभन्दा बढी वार फिल्म नेपालमा बन्नुपर्थ्यो’

फिल्मीखबर, काठमाडौं, 2024/02/13

milan chams

 

एक्सन र लभस्टोरी फिल्म हुँदै निर्देशक मिलन चाम्सले नेपालमै पहिलोपटक ‘जंगल वार’मा आधारित भएर फिल्म ‘गोर्खा वारियर’ बनाएका छन्, जुन यही फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा उनले गोर्खा सैनिकको बहादुरीको कथालाई मुख्य विषयवस्तु बनाएका छन् । यो कथामा फिल्म बनाउने आफ्नो वर्षौंदेखिको सपनालाई पूरा गरेको उनको भनाई छ ।

वार जनरामा सबैभन्दा बढी फिल्म नेपालमा बनिनु पर्थ्यो भन्ने मिलनको बुझाई छ । उनी भन्छन्, ‘यस्तो कथामा मैले नभए पनि अरु कसैले फिल्म बनाउनु पर्थ्यो भन्ने लाग्छ । किनकि, हामी संसारकै सबैभन्दा खतरनाक लडाकु भनेर प्रमाणित भइसकेका छौं । र, सबैभन्दा बढी वार जनराको फिल्म यहाँबाट बनिनु पर्थ्यो । गोर्खा सैनिकको कथा भन्न आवश्यक भएकाले नै मैले आँट गरेको हुँ ।’

‘गोर्खा वारियर’मा उठाएको कथा ७०/८० वर्ष पुरानो रहेको मिलनको दाबी छ । ‘यो ७०/८० वर्षअघिको कथा हो । गोर्खा सैनिकको २०९ वर्षको इतिहासमा त्यस्ता धेरै बहादुरीका कथाहरु छन्,’ उनी थप्छन्, ‘यो करिब-करिब ७औं पुस्ताको कथा हो । र, यो नेपाली फिल्मको इतिहासमै पहिलो जंगल वार फिल्म हो ।’ विश्वलाई गोर्खा सैनिकको कथा देखाउन फिल्म बनाएको उनको भनाई छ ।   

त्यस्तै, अभिनेत्री रेविका गुरुङले ‘गोर्खा वारियर’मा आफूले काम देखाउने मौका पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनी भन्छिन्, ‘यो फिल्मले इतिहासलाई प्रतिनिधित्व गर्छ । मैले अहिलेसम्म राम्रोसँग काम देखाउन पाएको थिइन्, मिलन दाईले यो क्यारेक्टरमा मलाई विश्वास गर्नुभएकोमा आभारी छु ।’ फिल्ममा जंगल वारसँगै गोर्खा सैनिकको परिवारको कथा पनि रहेको उनको भनाई छ ।