मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ६’ हिरो आशिर्वाद अभिनय सिक्न बोर्डमा

फिल्मीखबर, काठमाडौं, 2024/02/13

अभिनय, नृत्य र एक्सन, यी तीनवटै कुरामा निपूर्ण चकलेटी हिरोको नेपाली फिल्ममा खाँचो देखिन्छ । यसैले केही वर्षयता अनमोल केसी, प्रदीप खड्का र पल शाह निर्विकल्प बनिरहेका छन् । वर्षेनि नयाँ अनुहारको आगमन भैरहे पनि कमैले मात्र आफ्नो प्रभाव छाडेका छन् । त्यसमध्ये एक हुन्, आशिर्वाद क्षेत्री । गत बैशाखमा आएको फिल्म ‘नाईं नभन्नू ल ६’बाट उनको डेब्यू भएको थियो ।

 

Ashirwad B Chhetri


नामै ब्रान्ड भएकाले फिल्म व्यावसायिक रुपमा सफल हुने धेरैको विश्वास थियो । तर, कमजोर जगमा बनेको फिल्म व्यापारमा पनि कमजोर रह्यो । यद्यपि, आशिर्वादले एक्सन र नृत्यमा सम्भावना देखाएका थिए । फिल्ममा उनको एक्सन र नृत्य छरितो थियो । तर, अभिनय कमजोर हुँदा उनले समीक्षकबाट आलोचना खेप्नु परेको थियो । यसैले हुनसक्छ, अहिले उनी अभिनय सिकिरहेका छन् ।

चलचित्र विकास बोर्डले माघ २९ गतेदेखि फागुन ४ गतेसम्म आयोजना गरेको अभिनय कार्यशालामा आशिर्वाद पनि सहभागी छन् । ‘बर्फी’ फेम्ड अभिनेता भोलाराज सापकोटा प्रशिक्षक रहेको कार्यशालामा अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रसँगको सम्बन्ध, अभिनेताको तयारी, छायांकन तयारी र अभिनयको प्रशिक्षण दिइनेछ । ६ दिने कार्यशालामा २५ जनाभन्दा बढी सहभागी छन् ।

 

Ashirwad B Chhetri


बोर्डको तालिमपछि आशिर्वादले नयाँ फिल्ममा काम गर्न सक्नेछन् । उनले एउटा फिल्म सम्झौता गरिसकेका छन् । ‘नाईं नभन्नू ल ६’पछि उनले दीवाकर भट्टराईको फिल्म ‘मायावी’ पनि सम्झौता गरेका थिए । तर, परीक्षाले गर्दा उनले यसमा काम गर्न भ्याएनन् । आशिर्वादले अभिनयमा आफूलाई सुधार गरेको अवस्थामा अनमोल र प्रदीपको विकल्पको रुपमा उनलाई हेरिन सक्ने देखिन्छ ।