मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दयारानी’को ‘लाइदेउ छपक्कै’ गीतमा दयाहाङको छमछमी

फिल्मीखबर, काठमाडौं, 2024/02/13

Dayahang Rai

 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले बक्स अफिसमा सुखद् कमाई गरिरहेको छ । तीन दिनमा १ करोड २५ लाख कमाएको फिल्मले कामकाजी दिनमा पनि पोखरासहितका केही हलमा दर्शकको राम्रो साथ पाएको छ । विशेषगरी हलमा गुरुङ समुदायका दर्शकहरुको उपस्थिति बढी देखिन्छ । फिल्मले उठाएको कथाका कारण पनि हलमा त्यसको प्रभाव परेको हुनसक्छ ।

यसबीच, मंगलबार फिल्ममा समावेश ‘लाइदेउ छपक्कै माया’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा विनोद बानियाँको संगीत, मन क्षेत्रीको शब्द रचना तथा संगीतकार बानियाँ र मेलिना राईको युगल स्वर छ । गीतमा दयाहाङ राई, विजय बराल, शिरिषा कुँवर लगायतका कलाकारको नृत्य देख्न सकिन्छ । एउटा विशेष कार्यक्रमको परिवेशमा गीत तयार गरिएको छ ।

माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, दीया पुन, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल, सतिदेवी गुरुङ लगायतको अभिनय छ । एक निःसन्तान दम्पतीको कथामा आधारित भएर बनेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा ‘ए हो र ! आफू को हो र ?’ संवाद बोल्ने नयनको कामलाई दर्शकले रुचाएका छन् ।