मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

एनटीआरको ‘देवरा’ फूलपातीमा, प्रभावित हुनसक्छ नेपाली फिल्मको रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/02/16

nepali movie vs india movie

 

आगामी वर्षको दशैं विदामा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच रस्साकस्सी भइरहँदा अब ठूलो चुनौती खडा भएको छ । त्यो चुनौती भनेको चाहिँ भारतीय फिल्म हो । साउथ सुपरस्टार जूनियर एन्टीआरको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘देवरा’ले दशैंको फूलपाती अर्थात् अक्टोबर १० (२०२४)लाई प्रदर्शन मिति घोषणा गरेपछि अब नेपाली फिल्मको रिलिज प्रभावित हुने देखिएको छ ।

एन्टीआरको नेपालमा राम्रो क्रेज छ । त्यसमाथि ‘आरआरआर’पछि ‘देवरा’ उनको महत्त्वाकांक्षी फिल्म हो । एक महिनाअघि रिलिज टिजरपछि फिल्मले भारतमा आक्रामक कमाई गर्ने विश्लेषण गरिएको छ । र, यो फिल्म नेपाल भित्राउन यतिबेला वितरकहरुबीच प्रतिस्पर्धा भइरहेको छ । एन्टीआरको क्रेज र फिल्मको बढ्दो हाइप हेर्दा ‘देवरा’ नेपाली फिल्मका लागि ठूलो चुनौती बन्न सक्नेछ ।

आगामी दशैंमा ४ वटा नेपाली फिल्म (छक्का पञ्जा ५, गाउँ नै रमाइलो, बलिदान र बेहुली फ्रम मेघौली) प्रदर्शन हुँदैछन् । यसमध्ये ‘छक्का पञ्जा ५’ र ‘गाउँ नै रमाइलो’ फूलपातीमा आउने लगभग निश्चित छ । अरु फिल्म घटस्थापना वा त्यसको अघिपछि रिलिज हुन सक्नेछन् । तर, अब फूलपातीमै ‘देवरा’ आउने भएपछि दशैंलक्षित नेपाली फिल्मको रिलिज के हुन्छ भन्ने चासो उब्जिएको छ ।

त्यसो त पछिल्लो समय भारतीय फिल्मले नेपाली फिल्मलाई प्रभाव पार्न छाडेको अवस्था छ । यसपालिको तिहारमा प्रदर्शन भएको बलिउड फिल्म ‘टाइगर ३’सँग प्रतिस्पर्धाका बावजूद नेपाली फिल्म ‘दिमाग खराब’ले बाजी मारेको थियो । दशैंमा पनि विदेशीभन्दा नेपाली फिल्म नै बढी चलेका थिए । यद्यपि, ठूलो भारतीय फिल्म आउँदा नेपाली निर्माताहरुमा एकखालको डर देखिने गरेको छ ।