मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’ ट्रेलरमा सत्ता, शक्ति र डरको कथा

फिल्मीखबर, काठमाडौं, 2024/02/21

Prabin Khatiwada, Sundar Dhital, Arjun Subedi and Rupesh Jha

 

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाईको ट्रेलर रङ्गेली सहरमा राज गर्न चाहने विभिन्न समूहबीचको द्वन्द्वमा केन्द्रित छ । सत्ता, शक्ति र डरको माध्यमबाट कथा भनिएको ट्रेलरमा तराईं क्षेत्रमा घटेका विविध घटना र आयामलाई पनि दृश्यमार्फत् देखाइएको छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका गीतहरुमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्मका छायाँकार सुशन प्रजापति हुन् ।

निर्देशक सुवेदले ‘रङ्गेली’ दर्शकले चाहेको जस्तो फिल्म बनाउने कोसिस गरेका बताएका छन् । उनले भने, ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो फिल्म बनाएका छौँ । ‘रङ्गेली’को कथा तराई क्षेत्रको हो ।’ त्यस्तै, अभिनेता रुपेश झाले फिल्मले तराईंको कथा मात्र नभइ त्यहाँको संस्कृति पनि झल्काउने बताएका छन् ।