मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’को ‘सुस्त सुस्त’ गीतमा दयाहाङ र आँचलको केमेस्ट्री

फिल्मीखबर, काठमाडौं, 2024/02/23

DAYAHANG RAI And AANCHAL SHARMA

 

आगामी नयाँ वर्ष २०८१ मा प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा देखिएका छन् । गीतले उनीहरुको एकअर्काप्रति आकर्षण, प्रेम, आशक्ति र समर्पण बोल्छ । दुवैको केमेस्ट्री सुहाएको देखिन्छ ।

यो गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईको शब्द रचना तथा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । युमी बलामीको कोरियोग्राफी र रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । विशेषगरी गीतको अडियो बुलन्द छ । शब्द प्रेमिल भावको छ भने संगीत पक्ष कर्णप्रिय सुनिन्छ । गायनमा एसडी र विज्ञानीको ‘ट्यूनिङ’ मिलेको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको पनि अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेको एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । ‘डिग्री माइला’ नाटकमा आधारित भएर यो फिल्म बनेको हो ।