मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेरुफ’को तेस्रो संस्करण रामेछापमा हुने

फिल्मीखबर, काठमाडौं, 2024/02/26

3rd neruff

 

ग्रामीण परिवेशमा निर्माण भएका फिल्मलाई ग्रामीण क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण रामेछाप जिल्लामा हुने भएको छ । आगामी बैशाखमा रामेछाप नगरपालिकामा महोत्सव गर्न लागिएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए । चाँडै महोत्सवको मिति घोषणा गरिने उनको भनाई छ ।

महोत्सवमा स्वदेशी फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्म सहभागी हुन पाउनेछन् । त्यसका लागि फिल्म दर्ता पनि खुल्ला गरिएको छ । महोत्सवमा जुरी टिमले छनोट गरेका फिल्म स्क्रिनिङ गर्ने र उत्कृष्ट हुनेलाई अवार्ड समेत प्रदान गरिने जनाइएको छ । महोत्सवमा सहभागिता जनाउने फिल्म ग्रामीण कथावस्तुमा निर्माण भएको हुनुपर्ने सर्त राखिएको छ ।

महोत्सवबारे अध्यक्ष सापकोटा भन्छन्, ‘ग्रामीण भेगका दर्शकलाई नेपाली फिल्मप्रति आकर्षित गराउनु नै महोत्सवको मुख्य उद्देश्य हो । फिल्ममार्फत् स्थानीय ठाउँको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न पनि महोत्सवले भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।’ यो महोत्सव पहिलो संस्करण गोरखाको लाप्राकमा र दोश्रो संस्करण काभ्रेस्थित भकुन्डेबेसीमा भएको थियो ।