मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका पुष्करले निर्देशन गरेको करण जोहरको ‘योद्धा’

फिल्मीखबर, काठमाडौं, 2024/02/26

pushkar ojha

 

बलिउड आफैंमा एउटा संसार हो । विश्वभर पहुँच बनाएको बलिउडप्रति विश्वकै आकर्षण देखिन्छ । यसैले त बलिउडमा करिअर बनाउने सपना बोकेर मुम्बईमा संघर्ष गर्ने धेरै छन् । त्यसमा नेपाली पनि पर्छन् । संघर्षसँग जुधेर केही नेपालीले बलिउडमा आफ्नो गर्विलो नाम बनाएका छन् । अभिनेत्री मनीषा कोइराला यसको उदाहरण हुन् । अब अर्को उदाहरण बनेका छन्, पुष्कर ओझा ।

पुष्कर नेपालका लागि अपरिचित हुनसक्छन् । तर, बलिउडमा उनले बनाएको उचाइँ अग्लिँदो छ । उनी बलिउडको फिचर फिल्म निर्देशन गर्ने पहिलो नेपाली बनेका छन् । उनले निर्देशन गरेको पहिलो फिल्म ‘योद्धा’ आगामी मार्च १५ अर्थात् चैत २ गते प्रदर्शनमा आउने तयारीमा छ । बलिउडका प्रख्यात निर्देशक तथा निर्माता करण जोहरको धर्मा प्रोडक्सनले यो फिल्मको निर्माण गरेको हो ।

‘योद्धा’को मुख्य भूमिकामा सिद्धार्थ मल्होत्रा, राशी खन्ना, दिशा पटानी छन् भने निर्देशनमा ओझालाई सागर आम्ब्रेले सघाएका छन् । यसअघि सागर र पुष्करले शाहरुख खान अभिनीत फिल्म ‘पठान’मा ‘सेकेण्ड यूनिट अफ असिस्टेन्ट डाइरेक्टर’को रुपमा काम गरेका थिए । पुष्करले ‘किक’, ‘वार’, ‘सत्याग्रह’, ‘धाकड’ जस्ता फिल्ममा पनि ‘असिस्टेन्ट डाइरेक्टर’ भएर काम गरिसकेका छन् ।

 

pushkar ojha and mukunda bhatta


गत फेब्रअरी १० मा उनको जन्मदिनमा धर्मा प्रोडक्सनले एक पोस्टमार्फत् ‘आकाश छुन तयार निर्देशक’ भन्दै शुभकामना दिएको थियो । पुष्करको नेपाल घर कैलालीको धनगडी हो । उनी ‘लप्पन छप्पन’का निर्देशक मुकुन्द भट्टका आफ्नै मामा हुन् । निर्देशक भट्ट लामो समयदेखि फिल्म ‘एक्स ९’ निर्माणको तयारीमा छन् । यो फिल्मको स्क्रिप्ट डाक्टरको काम पुष्करले नै गरिरहेका छन् ।