मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

ब्रम्हानन्दमले खेलेको ‘ह्रस्व दीर्घ’को विदेशमा डिमान्ड

फिल्मीखबर, काठमाडौं, 2024/02/26

nepali movie- Raswa Dirgha

 

केही वर्षयता नेपाली निर्मातालाई फिल्मको लगानी उठाउन हलको व्यापारमा मात्र निर्भर हुनुपर्ने अवस्था छैन । विदेश र डिजिटल राइट्स आम्दानीको राम्रो स्रोत बनिरहेको छ । कतिपय फिल्मको त यी दुई माध्यमबाटै लगानी सुरक्षित हुने गरेका छन् । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि विदेश राइट्सबाट लगानीको केही हिस्सा उठाइसकेको छ ।

गत जनवरी अन्तिममा साउथ सुपरस्टार ब्रम्हानन्दमलाई चित्रित गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरेपछि विदेशमा फिल्मको माग चुलिएको छ । पोस्टर रिलिज लगत्तै फिल्मको जापान र कोरिया राइट्स एकसाथ विक्री भएको थियो । अब अमेरिका र क्यानडाका लागि रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट र अभिजित राईको इ-पिक इन्टरटेन्मेन्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका छन् ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा नेपाली र भारतीय कलाकारको पल्टन नै छ । फिल्ममा साउथबाट ब्रम्हानन्दमका साथै अली, प्रदीप रावत र कबीर दुहान सिंहको अभिनय छ भने नेपालबाट नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झा, किरण केसी, गरिमा शर्मा, आदर्श मिश्रा लगायतको पनि अभिनय रहेको छ ।

हरिहर अधिकारी स्वयंको लेखन रहेको फिल्मको अब तेस्रो सेड्यूलको १० दिनको छायांकन बाँकी छ । जुन भारतमा गर्ने तयारीमा निर्माण टिम छ । ‘ह्रस्व दीर्घ’लाई भारतका छायाँकार कवीरलालले खिचिरहेका छन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता हिन्दी फिल्म छायांकन गरिसकेका छन् । फिल्मलाई आगामी दशैंको छेको पारेर असोज ११ गते प्रदर्शन गरिँदैछ ।