मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निशाले शरदको सम्पत्तिबाट एक भाग अंश पाउने

फिल्मीखबर, काठमाडौं, 2024/02/26

शरद र ममा अथाह माया र सम्मान छ : निशा अधिकारी

 

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले श्रीमान् शरद भेषवाकर (पूर्वक्रिकेटर)को सम्पत्तिबाट एक भाग अंश पाउने भएकी छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको हो । निशाले छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भाग माग गर्दै २०७९ सालको भदौ २८ गते अदालतमा मुद्दा हालेकी थिइन् ।

अदालतले छोराको अंश भने बालिग नहुन्जेल निशा र शरद दुवैको संरक्षणमा हुने फैसला गरेको छ । निशाले अंश नपाउन्जेल मासिक ५० हजारका दरले आमा-छोरालाई एक लाख रुपैयाँ खर्च दिन समेत माग गरेकी थिइन् । तर, अदालतले निशा र छोरालाई अंश नदिउन्जेल शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने फैसला सुनाएको छ । यो फैसला मंसिर २८ गते भएको हो ।

शरदले अदालतमा २०७५ मंसिरदेखि निशा आफूखुसी माइत बस्दै आएको र छोराको स्कूलको मासिक खर्च (१० हजार) आफूले बेहोरिरहेको जानकारी गराएका थिए । २०७६ फागुनसम्म निशालाई साढे ११ लाख खर्च दिएको समेत उनको दाबी थियो । शरदले अदालतसमक्ष निशाले अंश लिएर छुट्टै बस्न चाहनु आफ्ना लागि स्वीकार्य भएको समेत बताएका छन् ।

निशा र शरदबीच सम्बन्धविच्छेद भने भएको छैन । विवाहित महिलाले श्रीमानसँग डिभोर्स नगरीकन पनि अंश दाबी गर्न पाउने कानुनी व्यवस्था छ । यसैलाई टेकेर निशाले अंशबन्डाको मुद्धा हालेकी थिइन् । त्यसको केही समयपछि छोराको जन्मदिनमा दुवै एकसाथ देखिएका थिए । उनीहरुको विवाह २०७४ सालमा भएको थियो ।