मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो होला ‘मोदीबेनी’मा वर्षा र अमरको केमेस्ट्री ?

फिल्मीखबर, काठमाडौं, 2024/02/26

Amar Pratap Shrestha and Barsha Siwakoti_Modibeni Movie3

 

अभिनेत्री वर्षा सिवाकोटीले फिल्ममा नयाँ अनुहार (अभिनेता)सँग कमै काम गरेकी छन् । प्रायः स्थापित कलाकारसँग उनको जोडी बाँधिएको छ । तर, नयाँ फिल्म ‘मोदीबेनी’मा उनले नव-अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन साझेदार गर्दैछन् । फिल्ममा उनीहरु जोडीको रुपमा प्रस्तुत हुनुपर्ने भएकाले दुवै एकअर्कासँग घुममिल भइरहेका छन् । अहिले उनीहरुबीच राम्रो ‘बोन्डिङ’ बनेको छ ।

एक कलाकारमा हुनुपर्ने सबै गुण अमरमा देखिन्छन्, वर्षा । ‘कार्यशालामा अमरको काम हेर्दा मेहनती कलाकारको रुपमा देखेकी छु । उसमा एउटा कलाकारमा हुनुपर्ने सबै गुण छ भन्ने लाग्छ,’ उनले भनेकी छन् । अमरसँग कार्यशालामा ‘बोन्डिङ’ भइसकेकाले छायांकनमा नयाँजस्तो महसुस नहुने उनको विश्वास छ । नयाँ कलाकार तथा मेकरसँग सिक्ने अवसर पनि पाइने उनी बताउँछिन् ।

अमर भने आफ्नो मनपर्ने अभिनेत्रीको जोडी बन्न पाएकोमा खुसी छन् । ‘वर्षाजी मलाई एकदमै मनपर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेभरेटसँगको कामबाट डेब्यू गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । हाम्रो केमेस्ट्री जम्छ भन्नेमा म विश्वस्त छु,’ उनले भने । अमर फिल्मका लागि नयाँ भए पनि उनले केही नाटकमा काम गरिसकेका छन् ।

‘मोदीबेनी’को पहिलो चरणको छायांकन भइसकेको छ । जसमा वर्षा र अमरको दृश्य थिएन । यही फागुन १६ गतेबाट हुन लागेको दोस्रो चरणको छायांकनमा भने उनीहरुकै बढी सिन छ । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी निर्माण हुन लागेको फिल्मका निर्देशक शङ्कर कोइराला हुन् । उनीसँग फिल्म तथा म्यूजिक भिडियो सम्पादनको दशक लामो अनुभव छ ।

 

Amar Pratap Shrestha and Barsha Siwakoti_Modibeni Movie3


फिल्ममा वर्षा र अमरसँगै सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको पनि अभिनय रहनेछ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘मोदीबेनी’लाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मका छायाँकार उत्सव दाहाल हुन् ।