मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाले सुरु गरिन् ‘बेहुली फ्रम मेघौली’

फिल्मीखबर, काठमाडौं, 2024/03/06

swostima khadka (1)

 

फिल्म ‘बेहुली फ्रम मेघौली’बाट अभिनेत्री स्वस्तिमा खड्काको अर्को परिचय थपिँदैछ । यसमा उनी निर्मात्री बनेकी छन् । उनलाई श्रीमान् तथा निर्देशक निश्चल बस्नेतले निर्माणमा सघाएका छन् । बुधबारबाट यो फिल्मको छायांकन सुरु गरिएको छ । चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मको सम्पूर्ण छायांकन यही गाउँमा गरिनेछ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बन्न लागेको फिल्ममा स्वस्तिमा स्वयं मुख्य भूमिकामा देखिँदैछिन् भने उनको जोडी निश्चलसँग बाँधिएको छ । विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । फिल्मलाई आगामी वर्ष २०८१ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आकाश र साजनको संयुक्त लेखन छ । आकाशले यसअघि निश्चल निर्देशित फिल्म ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए । उनले ‘स्पर्श’ नामक पुस्तक समेत बजारमा ल्याइसकेका छन्, जुन युवापुस्तामाझ लोकप्रिय मानिन्छ । आकाश र साजन दुवैले ‘बेहुली फ्रम मेघौली’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

यो फिल्म प्रदर्शनपछि आगामी वर्ष निश्चल एक्सन फिल्म बनाउँदैछन् । र, २०८३ सालमा ‘दिमाग खराब’को सिक्वेल बनाउने उनको योजना छ । स्वस्तिमा भने ‘बेहुली फ्रम मेघौली’का कारण अरु फिल्ममा जोडिएकी छैनन् । यस वर्ष उनको ‘ऐंचो पैंचो’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ गरी तीन फिल्म प्रदर्शन भैसकेका छन् । अहिले उनी उच्च माग भएकी अभिनेत्रीमा पर्छिन् ।