मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बहुरुपी औरत’ भन्दै पूजाप्रति समीक्षाको कटाक्ष

फिल्मीखबर, काठमाडौं, 2024/03/06

Samikshya Adhikari and pooja sharma

 

गायिका समीक्षा अधिकारीले लगातार रुपमा फेसबुक स्टाटसमार्फत् अभिनेता पल शाहप्रति कटाक्ष गर्दै आइरहेकी छन् । यसपटक भने उनले अभिनेत्री पूजा शर्मालाई निशाना बनाएकी छन् । उनले बुधबार साँझ पूजाप्रति लक्षित गर्दै फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै स्टाटस लेखेकी छन् ।

उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’ समीक्षाले स्टाटसमा कसैको नाम उल्लेख नगरे पनि उनको कटाक्ष पूजालक्षित हो भन्ने प्रष्ट बुझिन्छ । उनको स्टाटसको कमेन्टमा पनि धेरैले पूजाको नाम लिएका छन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला जेलमा रहेका पललाई सम्झिएर पूजा हलमै रोएकी थिइन् । त्यसबेला पलको बचाउमा पूजाले समीक्षाप्रति लक्षित गर्दै अस्वभाविक अभिव्यक्ति समेत दिएकी थिइन् । तर, पल जेलमुक्त भएपछि पूजा उनीसँग रुष्ट भएकी थिइन् । लामो समय उनीहरुबीच बोलचाल समेत भएन । त्यसबेला पललाई चिढ्याउन पूजा समीक्षासँग नजिक बनेकी थिइन् ।

 

Samikshya Adhikari


तर, अहिले फेरि पल र पूजाको मिलन भएको छ । उनीहरुले चाँडै निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’मा एकसाथ काम गर्दैछन् । समीक्षाको स्टाटस आउनुको पछाडि पूजा र पलको मिलन नै प्रमुख कारण हो । पूजाले भने समीक्षाको स्टाटसप्रति प्रतिक्रिया जनाइसकेकी छैनन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको पूजा अभिनीत फिल्म ‘उपहार’को ‘मुटुको ४ आना’ गीतमा समीक्षाको पार्श्व गायन छ ।