मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले गर्‍यो प्रियंकादेखि रेनशासम्मलाई सम्मान

फिल्मीखबर, काठमाडौं, 2024/03/07

keki adhikari, priyanka karki (2)

 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले नेपाली फिल्ममा योगदान पुर्‍याउने महिला कलाकारदेखि पत्रकारसम्मलाई सम्मान गरेको छ । बुधबार बोर्डमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल र रंग पत्रकार सारदा थापालाई जनही पच्चीस हजारसहित सम्मान गरेकी हुन् ।

शीतल निवासमा पुनः सञ्चारमन्त्रीको शपथ लिएपछि कार्यक्रममा उपस्थित भएकी मन्त्री शर्माले कुनै समय अभिनय गर्न घरबाट निस्किनै गाह्रो हुने महिलाहरु अहिले निर्देशनसँगै प्राविधिक विधामा समेत सक्रिय हुन थालेकोमा खुसी व्यक्त गरिन् । फिल्मसम्बन्धी नयाँ ऐनले चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा महिलाको बलियो उपस्थिति गराउने र त्यसले नेतृत्वदायी भूमिकाका लागि पनि सघाउने उनको विश्वास थियो ।

उक्त कार्यक्रममा ‘चलचित्रमा नारी’ विषयमा दुईवटा छलफल समेत राखिएको थियो । ‘महिला सशक्तिकरणमा महिला चलचित्रकर्मीको भूमिका : ‘हिजोआज र भोली’ विषयको पहिलो चरणको संवादमा अभिनेत्रीहरु गौरी मल्ल, झरना थापा, केकी अधिकारी र निर्देशक रक्षासिंह राणा वक्ताको रुपमा थिए भने रंग पत्रकार सारदा थापाले सहजीकरण गरेकी थिइन् ।

‘नेपाली चलचित्रको सुरुवाती अवस्था तथा चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती’ विषयक अर्को सत्रमा अभिनेत्रीहरु भुवन चन्द, करिश्मा मानन्धर र शिल्पा मास्केबीच अन्तरसंवाद भएको थियो । कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले चाँडै फिल्म क्षेत्रले नयाँ ऐन पाउने विश्वास दिलाएका थिए ।