मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सतीदेवी’ले हाम्रो माटोको सुगन्धलाई उजागर गर्छ : मेयर पाण्डे

फिल्मीखबर, काठमाडौं, 2024/03/07

Sati Devi

 

अभिनेत्री मलिका महतलाई जुत्ताको माला लगाएको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा छायांकन गरिएको हो । सोही नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले फिल्म हेरेपछि विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार दमौलीस्थित क्युएफएक्स हलमा फिल्मको विशेष प्रदर्शन गरिएको थियो ।

मेयर पाण्डेले भने, ‘देशको मौलिक कला, संस्कृति र कथालाई फिल्मको माध्यमबाट विश्वसामु पुर्याउनु सराहनीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गरेको ‘सतीदेवी’लाई हामी सबैले साथ, सहयोग र प्रेरणा दिनुपर्छ ।’ स्थानीयता, नेपालीपना र यथार्थमा आधारित मौलिक विषय उठान गर्ने जुनसुकै फिल्मलाई पनि सरकार र सम्बन्धित निकायले सहयोग गर्नुपर्ने पाण्डेको धारणा थियो ।

कार्यक्रममा ‘सतीदेवी’का निर्देशक लक्ष्मण सुवेदीले मेयर पाण्डेसहित वडा नं. ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय श्री सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ, क्युएफएक्स हल (दमौली) लगायतलाई आभार पत्र प्रदान गरेका थिए । विशेष प्रदर्शनीमा स्थानीयहरुको उल्लेख्य उपस्थिति थियो । र, प्रायःले फिल्मलाई उत्कृष्ट भनेको निर्देशक सुवेदीले बताए ।

यो फिल्ममा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सुजिता सिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा लगायतको अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ । यसमा बाबु श्रेष्ठको छायांकन तथा दीपक शर्मा र सुभाष भुषालको संगीत छ ।