मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’को सुखद् व्यापार, दीपाश्री भन्छिन्, ‘नसोचेको क्लाइमेक्स’

फिल्मीखबर, काठमाडौं, 2024/03/09

Rangeli Saturday

 

हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रङ्गेली’ले प्रदर्शनको दुई दिन घरेलू बक्स अफिसमा सुखद् व्यापार गरेको छ । शुक्रबार देशभर ७० प्रतिशतमाथिको अकुपेन्सी देखिएकोमा शनिबार पनि सोही अनुपात कायम रहेको वितरक गोविन्द शाहीले जानकारी गराएका छन् । शनिबार काठमाडौं र मोफसलका धेरैजसो हलहरु हाउसफुल भएको उनको दाबी छ ।

अभिनेता दयाहाङ राईलाई लामो समयदेखि एकैखालको चरित्रमा देखिरहेको समयमा ‘रङ्गेली’मा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको भन्दै धेरैले प्रतिक्रिया जनाएका छन् । फिल्मको क्लाइमेक्स बढी रुचाइएको देखिन्छ । दयाहाङ र मिरुनाको ‘केमेस्ट्री’ पनि दर्शकले मन पराएका छन् ।

शनिबार कमलपोखरीको बिग मुभिजमा अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए । आफूलाई ‘भगवान् दादा’को चरित्रमा रुचाइएकोमा उनी प्रसन्न देखिए । उनले आफूले जहिले पनि फिल्मको अन्तर्यमा पुगेर अभिनय गर्न चाहने जिकिर गरे । त्यस्तै, निर्देशक तथा लेखक अर्जुन सुवेदीले फिल्मको ‘सेकेन्ड हाफ’को ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराएको बताएका छन् ।

 

rangeli movie


शनिबार ‘रङ्गेली’को विशेष शो समेत राखिएको थियो । फिल्म हेर्न पुगेका अभिनेता सरोज खनाल, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, अभिनेता प्रमोद अग्रहरीले दयाहाङ र मिरुनाले निर्वाह गरेको फरक भूमिकाको प्रशंसा गरेका थिए । दीपाश्रीले फिल्मको नसोचेको क्लाइमेक्स रहेको भन्दै निर्देशक अर्जुन सुवेदीको कामको पनि तारिफ गरिन् ।