मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’मा प्रदीपको दमाई अवतार

फिल्मीखबर, काठमाडौं, 2024/03/10

Pradeep Khadka

 

चकलेटी अभिनेताको रुपमा चिनिएका प्रदीप खड्का आफूलाई ‘भर्सटायल’ बनाउने प्रयासमा छ । अघिल्लो वर्ष फिल्म ‘प्रकाश’मा उनले जुम्लेली चरित्रमा चुनौती मोलेका थिए । अब नयाँ फिल्म ‘पूजार सार्की’मा उनी दलित युवकको भूमिकामा प्रस्तुत हुँदैछन् । छायांकन सुरु हुनुभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको ‘फर्स्टलुक’ पोस्टरमा उनको चरित्रचित्रण रोचक देखिएको थियो ।

प्रदीपको जन्मदिनको अवसर पारेर आइतबार निर्देशक दिनेश राउतले फेसबुकमार्फत् उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेका छन् । दुईवटा तस्वीरमा प्रदीपको लुक्सले ‘सरप्राइज’ बनाउँछ । उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रुपमा देखिएका छन् । लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका प्रदीपको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता बढाउन सक्नेछ ।

यो फिल्ममा प्रदीप ‘मैत बहादुर परियार’को भूमिकामा छन् । अभिनेता आर्यन सिग्देल भने पूजारीको भूमिकामा देखिँदैछन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने कुनै जानकारी गराइएको छैन । यी तीन स्टारले पहिलोपटक एकसाथ काम गरेकाले पनि ‘पूजार सार्की’ निर्माण अगावैदेखि चर्चामा छ । फिल्मलाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारी गरिएको छ ।

 

Pradeep Khadka 2


करिब ४० दिनदेखि कास्की जिल्लाको कास्कीकोटमा छायांकन भइरहेको फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्य आदिको पनि अभिनय छ । संगीतकार सुवास भुसालको एकल निर्माण रहेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठले फिल्मको छायांकन गरिरहेका छन् ।