मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’मा आर्यनको खुंखार रूप

फिल्मीखबर, काठमाडौं, 2024/03/10

Aaryan Sigdel In Rangeli

 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलको केमियोबारे यसअघि नै खबर सार्वजनिक भइसकेको थियो । तर, उनको भूमिका र लुक्स गोप्य राखिएको थियो । फिल्म प्रदर्शन भएसँगै उनको लुक्सले दर्शकलाई ‘सरप्राइज’ बनाएको छ । उनी क्लाइमेक्समा खलपात्र (भिलेन)को खुंखार स्वरुपमा देखिएका छन् । सिक्वेलका लागि उनलाई फिल्ममा भित्राइएको हो ।

‘रङ्गेली’लाई जसरी टुंग्याइएको छ, त्यसले सिक्वेलमा आर्यनको दयाहाङ राईसँग ‘क्ल्यास’ हुने प्रष्ट बुझिन्छ । दोस्रो भागमा आर्यन र दयाहाङ मुख्य भूमिकामा हुने जनाइएको छ । निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो बनाउन कोसिस गर्ने जानकारी गराए । दर्शकले आर्यनको ‘इन्ट्री’लाई फिल्मको सबैभन्दा बलियो पक्ष मानेका छन् । यसले ‘रङ्गेली २’को पखाई बढाउने देखिन्छ ।

प्रदर्शनको दुई दिन फिल्मले राम्रो व्यापार गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आइतबार पनि फिल्ममा दर्शकको चाप राम्रो रहेको वितरक गोविन्द शाहीको दाबी छ । अभिनेता दयाहाङ राईलाई एकैखालका चरित्रमा देखिरहेको समयमा ‘रङ्गेली’मा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । अभिनेत्री मिरुना मगरसँग उनको ‘अनस्क्रिन केमेस्ट्री’ पनि रुचाइएको छ ।

सुशन प्रजापतिको छायांकन रहेको ‘रङ्गेली’मा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको पनि मुख्य भूमिका छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् । युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता तथा विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।