मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२१ मिनेट घटाएर हलमा ‘रङ्गेली’

फिल्मीखबर, काठमाडौं, 2024/03/11

Dayahang Rai, Miruna Magar, Arpan Thapa

 

शिवरात्रिको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’लाई प्रिमियरमै लम्बाई छोट्याउन सुझाव मिलेको थियो । त्यसपछि निर्देशक अर्जुन सुवेदीले ४ मिनेट छोट्याएर फिल्म रिलिज गरेका थिए । नभए फिल्मको लम्बाई २ घण्टा ५५ मिनेट थियो । हल रिलिजपछि प्रायः दर्शकबाट फिल्म धेरै लामो भयो भन्ने प्रतिक्रिया मिलेपछि निर्देशक सुवेदीले थप २१ मिनेट घटाएका छन् ।

सोमबारदेखि ठ्याक्कै साढे २ घण्टा लम्बाईको फिल्म प्रदर्शन गरिएको छ । निर्देशक सुवेदीले दर्शकको चाहनाअनुरुप नै फिल्मको लम्बाई घटाएको बताए । ‘राम्रो प्रतिक्रियाको बावजूद फिल्म केही लामो भएको प्रतिक्रिया आएको थियो । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै हामीले फिल्मलाई २१ मिनेट घटाएका छौं,’ सुवेदीले भने ।

पहिलोपटक फिल्म निर्देशन गरेका अर्जुनलाई दर्शकले सुस्त र लामो लाग्ने फिल्म हेर्न नचाहने रहेछन् भन्ने महसुस भएको छ । उनी भन्छन्, ‘मैले पहिलोपटक फिल्म बनाएको हुँ । यसैले दर्शकको चाहना के हुने रहेछ भन्ने बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त फिल्म बनाउनभन्दा हलमा चलाउन मुस्किल हुने रहेछ भन्ने महसुस गरेको छु ।’ शुक्रबार र शनिबार फिल्मको व्यापार राम्रो थियो ।

‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईँ तथा एशोसियट निर्मातामा विवेक खड्का (योलो) छन् ।