मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यर्थ भयो सुरवीनाको कमब्याक

फिल्मीखबर, काठमाडौं, 2024/03/12

Surabina Karki

 

‘बोल्ड’ अभिनेत्रीको छवि बनाएकी सुरवीना कार्कीको फिल्म करिअर सुखद् छैन । सन् २०१४ मा आएको फिल्म ‘झेली’बाट उनको करिअर सुरु भएको थियो । त्यसयता उनले आधा दर्जन फिल्ममा काम गरिसकेको भए पनि कुनै सफल भएनन् । यद्यपि, चर्चाबाट उनी कहिल्यै टाढा पनि भइनन् । कहिले बोल्ड तस्वीर त कहिले आफ्नो अभिव्यक्तिका कारण सुरवीनाको अक्सर चर्चा भइरह्यो ।

नेपाली फिल्ममा सफलता नमिलेपछि उनी बलिउडमा भविष्य बनाउन मुम्बई गएकी थिइन् । तर, उनको त्यो सपना पूरा हुन सकेन । त्यसपछि कहिल्यै मुम्बई नफर्किने गरी कोरोना महामारीभन्दा अगाडि नेपाल आएकी उनले यो बीचमा केही म्यूजिक भिडियोमा काम गरिन् । त्यसमध्ये ‘के माया लाग्छ र ?’ गीत सर्वाधिक चर्चित हुँदा लगभग गुमनाम भैसकेकी सुरवीनालाई ठूलो राहत मिल्यो ।

गीतकै चर्चाबीच उनले ८ वर्षपछि फिल्म ‘काँडेतार’बाट कमब्याक गरिन् । महाशिवरात्रिको दिन पारेर शुक्रबारबाट प्रदर्शन भएको फिल्मलाई निर्देशक नवल खड्काले दोस्रो दिनबाटै उतार्ने घोषणा गरेपछि सुरवीनाको कमब्याक व्यर्थ भएको छ । उनको काम नै दर्शकले हेर्न पाएनन् । एउटा कलाकारलाई यो जति पीडा अरु के हुनसक्छ ? सुरवीनालाई अब अर्को फिल्म पर्खिनु विकल्प छैन ।

‘काँडेतार’पछि उनले फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’मा काम गरेकी थिइन् । अब उनलाई ठूलो आशा भनेकै यही फिल्मबाट छ । यसमा कामको मात्र चर्चा भइदिए पनि सुरवीनालाई मेकरको नजरमा पर्न धेरै सहज हुनेछ । तर, फिल्मको प्रदर्शन नै अन्योल छ । कुनै बेला फिल्म ‘फ्लप’ हुँदा पनि उनको अभिनयको प्रशंसा हुने गरेको थियो । बलिउड मोहले उनलाई यता न उताको बनायो ।