मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्ममाथि युरोपियन फेस्टिभलको हेपाहा प्रवृत्ति

फिल्मीखबर, काठमाडौं, 2024/03/17

अचेल नेपालमा फिल्म निर्माण र प्रदर्शनभन्दा ज्यादा अवार्ड र फेस्टिभलहरु आयोजना भइरहेका छन् । तर, एकाधबाहेक कुनैको गर्विलो साख छैन । न त नेपाली फिल्मको बजार विस्तारमा भूमिका खेल्न सकेका छैनन् । अहिले अवार्ड र फेस्टिभलहरु कमाउने धन्दाको रुपमा आयोजना भइरहेको आरोप लाग्ने गरेको छ । यो चैत महिनामा मात्र काठमाडौंमा फिल्म फेस्टिभलहरुको बाढी छ ।

बिहीबारदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) भइरहेको छ । शुक्रबार र शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा जापानी फिल्म फेस्टिभल भयो । अब यही चैत ७ गतेदेखि चैत १० गतेसम्म ‘नेपाल-युरोपियन यूनियन फिल्म फेस्टिभल’को १३औं संस्करण हुँदैछ । यस्तै, चैत १६ गतेदेखि १८ गतेसम्म ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को पाँचौं संस्करण आयोजना गरिँदैछ ।

 

Nepal-European Union Film Festival


यसमध्ये नेपालका लागि युरोपियन युनियनको डेलिगेशनको आयोजनामा हुने ‘नेपाल-युरोपियन यूनियन फिल्म फेस्टिभल’मा नेपाली फिल्ममाथि हेपाहा प्रवृत्ति देखाएको छ । फिल्म रिलिजको ‘लाइपअप’ सार्वजनिक गर्न तयार पारिएको एउटा पोस्टरमा युरोपियन फिल्महरुको पोस्टरसहित कथासार समेत विशेष महत्त्वका साथ राखिएको छ । नेपाली फिल्महरुको सूची भने ‘जुम’ गरेर हेर्नुपर्छ ।

पोस्टरमा नेपाली फिल्मको नाम ठम्याउनै मुश्किल पर्छ । सानो अक्षरमा प्रदर्शन हुने मिति, फिल्मको शीर्षक, लम्बाई र निर्देशकको नाम उल्लेख छ । तर, कुनै नेपाली फिल्मको पोस्टर राखिएको छैन । उक्त फेस्टिभलमा प्रदर्शन हुने ९ वटा युरोपियन फिल्महरुको भने पोस्टरसहित शीर्षक समेत ठूलो अक्षरमा छ । यसले ‘नेपाल-युरोपियन यूनियन फिल्म फेस्टिभल’को नियतमाथि प्रश्न उठाउँछ ।

फेस्टिभलमा नेपाली फिल्मलाई स्थान दिएको जस्तो गरी युरोपियन फिल्मको मात्र प्रवर्द्धन गर्ने उद्देश्य आयोजक संस्थाको देखिन्छ । फेस्टिभलको पोस्टरमा नै हेपिएको नेपाली फिल्मप्रति ‘युरोपियन युनियनको डेलिगेशन’को दृष्टिकोण सकारात्मक नरहेको प्रष्ट हुन्छ । पोस्टरमै सौतेनी व्यवहार गरिएको नेपाली फिल्मलाई अब फेस्टिभलमा आयोजक संस्थाले महत्त्व दिनेमा आशंका उब्जिएको छ ।