मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मसँगै ब्रान्ड प्रवर्द्धनमा नीतिको माग

फिल्मीखबर, काठमाडौं, 2024/03/17

niti shah (1)


फिल्ममा डेब्यूका लागि मोडल नीति शाहले ठूलै संघर्ष गर्नुपर्‍यो । लगातार चारवटा फिल्म सम्झौता गर्दा पनि कुनै निर्माण भएनन् । यसपछि फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनले त्यसपछि निर्देशक सविर श्रेष्ठको फिल्म ‘रुखान’ सम्झौता गरिन् । उनले निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म ‘राजा’मा पनि काम गर्न लागेको जानकारी प्राप्त छ । यसरी हेर्दा उनलाई फिल्म अभाव देखिँदैन ।

फिल्मसँगै ब्रान्ड बजारमा पनि उनको माग उच्च छ । सन् २०१७ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जितेपछि उनी दर्जनौं ब्रान्ड प्रवर्द्धनमा जोडिसकेकी छन् । यो उनको आम्दानीको राम्रो स्रोत पनि हो । यसैबीच, नीति ‘ब्राडफोड ग्लोबल तथा एप्लाई ग्लोबल’ कन्सल्टेन्सीको ‘ब्रान्ड एम्बेसडर’ बनेकी छिन् । आइतबार नीति र कन्सलटेन्सीका निर्देशक पवन बिष्टबीच कागजी सम्झौता भयो ।

‘ब्रान्ड एम्बेसडर’ नियुक्त भएपछि उनले भनिन्- ‘ब्राडफोडले १८ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रावृत्तिमा सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा ‘इङ्लिस प्रोफिसेन्सी टेष्ट’हरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ‘ब्रान्ड एम्बेसडर’ हुन पाउँदा एकदमै खुशी लागेको छ ।’ नीतिले अब यो कन्सल्टेन्सीको प्रवर्द्धन गर्नुपर्नेछ ।

 

niti shah (2)


ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवन विष्टले आफूहरु सधैं नै विदेशमा अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुले कुनै बाधा झेल्न नपरोस् भनेर काम गरिरहेको बताए । नीति शाहलाई ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गर्न पाउँदा खुसी लागेको उनको भनाई छ । त्यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले कन्सल्टेन्सीले अझै गुणस्तरीय कार्य गर्ने प्रतिवद्धता जनाए ।