मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिका र दीवाकरलाई पुत्रलाभ

फिल्मीखबर, काठमाडौं, 2024/03/18

Deepika Prasain

 

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराई अभिभावक बनेका छन् । उनीहरुलाई पुत्रलाभ भएको हो । आइतबार राति ८ः४५ बजे दीपिकाले कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमा शल्यक्रियामार्फत् पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले जानकारी दिए । दुवै केही दिन अस्पतालमै बस्नुपर्नेछ ।

दीपिकाले गत मंसिरमा फिल्म ‘मायावी’को छायांकन सकाएकी थिइन् । उनले गर्भावस्थामै फिल्मको छायांकन गरेकी हुन् । २०७६ सालमा उनको दीवाकरसँग विवाह भएको थियो । फिल्म ‘ऐश्वर्य’मा एकसाथ काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुराएको थियो । यही फिल्मबाट दीपिकाले डेब्यू गरेकी थिइन् । ‘ऐश्वर्य’पछि उनले ‘छक्का पञ्जा ३’ र ‘हेल्लो जिन्दगी’ गरी दुई फिल्ममा काम गरिन् ।

दीवाकरको भने फिल्म ‘मेरो जीवन साथी’बाट निर्देशन यात्रा सुरु भएको थियो । उनले ‘ऐश्वर्य’सहित ‘स्टुपिड मन’, ‘क्याप्टेन’ र ‘हनी बनी’को पनि निर्देशन गरिसकेका छन् । उनी निर्देशित पछिल्लो फिल्म ‘मायावी’ हो, जुन प्रदर्शनको पखाईमा छ । उनी अर्को वर्ष फिल्म ‘राजा’ बनाउने तयारीमा छन् । उनले कोभिडअघि घोषणा गरेको फिल्म ‘तिमीसँगै हुन मन छ’को निर्माण भने अन्योल छ ।