मिति : २०८२ वैशाख १७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हार्ले डेभिडसनमा पूजाको स्टाइल

फिल्मीखबर, काठमाडौं, 2024/04/01

यतिबेला नेपाली फिल्ममा एक्सनको ‘ट्रेन्ड’ देखिएको छ । धमाधम एक्सन कथावस्तुमा फिल्म बनिरहेका छन् । र, यस्ता फिल्मप्रति अभिनेत्रीहरुको समेत रुचि बढेको छ । रोमान्टिक र चुलबुले भूमिकामा बढी रुचाइएकी पूजा शर्मा पनि आगामी फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । करिब तीन महिना अगाडि सार्वजनिक भएको टिजरमा उनको छरितो एक्सन देखिएको थियो ।

 

POOJA SHARMA (1)


आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको गत साउनदेखि विभिन्न चरणमा छायांकन भइरहेको छ । फागुन पहिलो साता भारतको कालिम्पोङमा एक्सन दृश्य खिचिएको थियो । त्यसपछि केही समय ‘ब्रेक’ लिएर शनिबारबाट काठमाडौंमा पूजाको इन्ट्री सिनको छायांकन भइरहेको छ । संसारकै महंगो बाइक मानिने हार्ले डेभिडसनमा उनको इन्ट्री सिन खिचिएको छ ।

 

POOJA SHARMA (3)


छायांकन सेटबाट प्राप्त तस्वीरमा पूजा बाइकमा चढेर स्टाइलिस अन्दाजमा देखिएकी छन् । यसले उनको एक्सन मुड दर्शाउँछ । फिल्मको इन्ट्री सिनमा गीत र एक्सनलाई मिश्रण गरिने निर्देशक रुपेश तामाङले बताए । अबको केही दिनमा गीतको भाग खिचिने उनको भनाई छ । फिल्ममा पूजाको जोडी कुन्साङ बोमजोमसँग बाँधिएको छ भने अभिनेता किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

 

POOJA SHARMA (3)


देव मगर र अनुप गडाल निर्माता तथा पवन राना मगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह निर्मातामा छन् । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।