मिति : २०८२ वैशाख १७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म सामाजिक कार्य पनि गर्छु तर देखाउँदिनँ : धीरज मगर

फिल्मीखबर, काठमाडौं, 2024/04/01

dhiraj magar

 

नेपालमा जन्मिए पनि अभिनेता धीरज मगरको हुकाई र पढाई बेलायतमा भयो । डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’पछि भने उनको बसाई नेपालमै छ । युवापुस्तामाझ राम्रो क्रेज बनाएका उनलाई अभिनयसँगै सामाजिक कार्यमा पनि रुचि छ । आफूले सामाजिक कार्य गरिरहेको भए पनि त्यो मिडियामा नदेखाएको उनी बताउँछन् । सामाजिक कार्य निस्वार्थ भावले गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।

सोमबार सामाजिक संस्था ह्यूमन रेक्स्पेक्ट नेपालको उद्घाटन कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरीको साथमा पुगेका उनले भने- ‘म यूकेबाट नेपाल आएदेखि नै सामाजिक कार्य गर्दै आइरहेको छु । तर, मैले कहिल्यै पनि मिडियामा देखाइनँ । सामाजिक कार्य भनेको निस्वार्थ भावले गरिन्छ । मैले यस्तो गरेँ भनेर देखाउनका लागि गरिन्न । आफ्नो मनबाट जति सकिन्छ त्यति गर्ने हो ।’

सामाजिक कार्य गरेको देखाउनुलाई धीरज नकारात्मक रुपमा भने लिँदैनन् । यसबाट अरु धेरैलाई उत्प्रेरण मिल्ने उनको बुझाई छ । ‘अहिलेको जमानामा सामाजिक कार्य देखाउनु पनि पर्छ होला । त्यसबाट अरुलाई राम्रो सन्देश जान्छ । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । तर, मैले चाहिँ व्यक्तिगत रुपमा आफूले गरेको कर्मलाई त्यसरी मिडियासामु देखाउने गरेको छैन,’ उनी सुनिए ।

 

dhiraj magar and upasana shing thakuri


यतिबेला उनी फिल्म ‘खुश्मा’को तयारीमा छन् । यसमा आफू गाउँले चरित्रमा देखिन लागेको उनको भनाई छ । ‘मलाई ‘खुश्मा’को स्क्रिप्टले नै मन छोएको थियो । स्क्रिप्ट पढ्दा उपासना र म रोइरहेका हुन्छौं । पहिलोपटक मनछुने लभस्टोरीमा काम गर्न पाएका छौं,’ धीरज भन्छन्, ‘मेरो क्यारेक्टर पनि अर्कै छ । रुकुमको गाउँले क्यारेक्टरमा अभिनय गर्दैछु । यो मेरो लागि नयाँ अनुभव हो ।’