मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरो बनेका प्रेम परियार भन्छन्, ‘गायनभन्दा अभिनय गाह्रो’

फिल्मीखबर, काठमाडौं, 2024/04/08

बाल्यकालमै गायनमा उचाइँ चुमेका प्रेम परियार फिल्म ‘पर्खि बसे फर्की आउनेछु’बाट हिरो बनिसकेका छन् । ५ वर्ष अगाडि नै यो फिल्म निर्माण भएको हो । तर, सार्वजनिक प्रदर्शनमा आउन सकेको छैन । शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति हलमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । फिल्मकर्मी तथा अन्य व्यक्तिले अभिनयको तारिफ गर्दा प्रेम खुसी देखिएका थिए ।

फिल्ममा काम गर्ने बेला डर लागेको भए पनि विशेष शोमा अभिनयको तारिफ हुँदा हौसला मिलेको उनले बताए । सञ्चारकर्मीसँग कुराकानीको क्रममा उनले भने- ‘यो मेरो पहिलो प्रयास हो । काम गर्दा डर लागेको थियो । विशेष शोमा सबैले प्रशंसा गरेपछि भने ‘मैले पनि गर्न सक्ने रहेछु’ भन्ने हौसला मिलेको छ ।’ उनले गायकसँगै नायकको परिचय थपिएकोमा पनि खुसी व्यक्त गरेका छन् ।

 

prem pariyar


अब फिल्मलाई निरन्तरता दिने प्रेमको सोच छ । ‘अभिनय मेरो सौख हो । सानैदेखि नेपाली फिल्म हेर्ने गर्थेँ । मलाई पनि ‘स्क्रिन’मा देखिन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । आज आफैंलाई ठूलो पर्दामा हेर्न पाउँदा खुसी छु । काम आउँछ भने आगामी दिनमा पनि फिल्म गर्ने सोचमा छु,’ उनी सुनिए । गायन र अभिनय फरक हुने उनको अनुभव छ । उनलाई गायनभन्दा अभिनय धेरै गाह्रो लागेको छ ।

गायन र अभिनयको फरकबारे प्रेम भन्छन्, ‘गीत गाउँदा एउटा बन्द स्टुडियोमा हुन्छौं । कसैले डिस्टर्भ गर्दैन । फिल्मको छायांकन भनेको विभिन्न ठाउँमा गर्नुपर्छ । कहिले के मिल्दैन, कहिले के हुँदैन । अभिनय भन्ने कुरा एकदमै गाह्रो रहेछ । मलाई गायनभन्दा पनि गाह्रो लाग्यो ।’ फिल्म ‘नाईं नभन्नू ल २’को ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत लोकप्रिय बनेपछि प्रेम चर्चामा आएका थिए ।

राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा प्रेमका साथै हिउँवाला गौतम, समीक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर, पदम तामाङ, कृष्णबहादुर थापा, रोशन थापा लगायतको अभिनय छ । एकराज थापाको प्रस्तुति रहेको फिल्मले फरक क्षमता भएका व्यक्तिको कथासँगै सामाजिक विषय उठाएको छ । फिल्मलाई आगामी वर्ष प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।