मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपेन्द्र सुब्बाले बनाउने भए ‘जारी २’

फिल्मीखबर, काठमाडौं, 2024/04/09

यस वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका हुन् । कविको रुपमा परिचित उनलाई पहिलो फिल्मले नै सफलता दिलायो । उनलाई यतिबेला ‘जारी २’ बनाउन वितरकदेखि हल सञ्चालकसम्मको ठूलो दबाब छ । सिक्वेलभन्दा पनि नयाँ शीर्षक र कथामाथि फिल्म बनाउनुपर्छ भन्ने मान्यता राख्ने उनी अन्ततः ‘जारी’को सिक्वेल बनाउने निर्णयमा पुगेका छन् ।

हालै एक अन्तर्वार्तामा निर्देशक सुब्बाले भनेका छन्, ‘मलाई भित्रि मनदेखि ‘जारी २’ बनाउने इच्छा थिएन । किनभने, मसँग फिल्म बनाउन थुप्रै कथा छन् । फिल्म बनाउन सुरु नगर्दै मसँग ५/६ वटा कथा थियो । तिनै कथामाथि फिल्म बनाउँछु भन्ने सोचेको थिएँ । तर, ‘जारी’ चलेपछि यतिधेरै कुरा भयो कि मैले मिडियामा नै ‘जारी २’ बनाउँदिनँ भनेको थिएँ । तर, नबनाइ धर नहोला जस्तो छ ।’

 

jari movie


अभिनेता दयाहाङ राईले पनि इच्छा देखाएपछि उपेन्द्रलाई ‘जारी २’ बनाउन जाँगर आएको छ । ‘मलाई साथी-भाईहरुले धेरै भने । वितरक र हल सञ्चालकले पनि भेट हुँदा यही आग्रह गर्नुहुन्छ । पैसा पनि आउँछ भन्छन्, लोभ देखाइदिन्छन् (हाँस्दै) । कलाकार साथीहरुलाई पनि रहर भयो । दया सरले ‘जारी २’ बनाउने होइन त भनेपछि मलाई पनि यतिबेला जाँगर चलेको छ,’ सुब्बाले भने ।

उनले आगामी वर्ष ‘जारी २’ बनाउने योजना सुनाएका छन् । त्यसका लागि कथा पनि फुरिसकेको उनको भनाई छ । ‘यसका लागि कथा सोच्ने क्रममा एउटा मीठो कथा आएको छ । मैले टिममा सुनाउँदा यसैमा बनाउँ भन्ने कुरा भएको छ,’ उपेन्द्रले भने, ‘खासमा मसँग एउटा बंगाली साथीको कथा थियो । त्यसैमा फिल्म बनाउँछु भन्ने सोचिरहेको थिएँ । यसलाई रोकेर अब ‘जारी २’ बनाउँछु ।’

६० वर्षको उमेरसम्म मात्र फिल्म बनाउने उनको योजना छ । त्यसपछि उनी निजी जीवन बाँच्न चाहन्छन् । ‘म ६० वर्षको उमेरसम्म काम गर्न सक्छु । त्योभन्दा धेरै काम गर्ने योजना छैन । ६० पछि म निजी जिन्दगी बाँच्छु । यसैले ६० वर्षभित्र वर्षमा एउटा फिल्म बनाएर मसँग भएको स्क्रिप्ट सक्छु,’ उनले भने । उनी निर्देशित दोस्रो फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गते प्रदर्शनमा आउँदैछ ।