मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सहायक भूमिकामा सीमित गरिमा

फिल्मीखबर, काठमाडौं, 2024/05/11

Garima Sharma

 

फिल्मसम्मको यात्रा तय गर्न म्यूजिक भिडियो बलियो खुड्किलो मानिन्छ । त्यसैको जगमा उभिएर धेरैले ठूलो पर्दामा देखिने आफ्नो सपना साकार गरेका छन् । पल शाहदेखि पूजा शर्मासम्म म्यूजिक भिडियोबाटै आएका कलाकार हुन् । तर, म्यूजिक भिडियोबाट उदाएका एकाधले मात्र फिल्ममा मुख्य भूमिकामा काम गर्ने अवसर पाउँछन् । नभए त प्रायः सहायक भूमिकामा सीमित रहन्छन् ।

दुई सयभन्दा ज्यादा म्यूजिक भिडियो खेलेकी गरिमा शर्माले पनि निरन्तर फिल्ममा काम गर्ने अवसर पाइरहेकी छन् । तर, उनलाई मुख्य भूमिकामा लिने आँट मेकरले गर्न सकेका छैनन् । उनको डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ आगामी जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा छिन् । शुक्रबार सार्वजनिक टिजरमा उनको उपस्थितिले पनि यो पुष्टि गर्छ ।

उनले दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा पनि सहायक भूमिकामै काम गरेकी छन् । यो फिल्म आगामी असोज ११ गतेबाट प्रदर्शन हुँदैछ । अहिले उनी तेस्रो फिल्म ‘वर एन्ड वधु’मा काम गरिरहेकी छन् । छायांकन सकिने बेला फिल्ममा जोडिएकी उनको विशेष भूमिका रहेको जनाइएको छ । अर्थात् यसमा पनि उनको प्रमुख भूमिका होइन । तीनवटै फिल्ममा उनी सहायक भूमिकामा सीमित छिन् ।

यद्यपि, फिल्ममा मुख्य वा सहायक भूमिका भन्ने कुराले खासै महत्त्व राख्दैन । त्यो भूमिका कति सशक्त छ र अभिनय कति जीवन्त छ भन्ने महत्त्वपूर्ण हो । त्यसले कलाकारको करिअर निर्धारण गर्छ । यसैले गरिमालाई सहायक भूमिकाबाटै आफूलाई प्रमाणित गर्ने अवसर छ । उनका तीन फिल्ममध्ये कुनै एउटा मात्रै पनि सफल भए उनलाई मुख्य भूमिकामा मेकरले विश्वास गर्ने बाटो खुल्नेछ ।