मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

‘रावायण’को गीतमा सोनू कक्कडदेखि नाकाश अजिजसम्मको स्वर

फिल्मीखबर, काठमाडौं, 2024/05/12

rawayan

 

विगत १५ दिनदेखि तराईको लालबन्दीमा छायांकन भइरहेको फिल्म ‘रावायण’का लागि तीनवटा गीत भारतमा तयार पारिएको छ । र, ती गीतहरुमा भारतकै स्थापित गायक/गायिकाले स्वर दिएका छन् । फिल्मको शीर्ष गीतमा गायक नाकाश अजिजको स्वर छ । उनले ‘सेल्फी ले ले रे’, ‘अफगान जलेबी’, ‘सारी के फाल सा’, ‘नाँच मेरी जान’, ‘केटी को’ लगायत चर्चित गीतहरु गाइसकेका छन् ।

फिल्मको रोमान्टिक गीत भने गायक कुणाल गाञ्जावालाले गाएका छन् । उनको स्वरमा रहेका ‘भीगे होठ तेरे’, ‘दुपट्टा तेरा’, ‘यारको मेने’, ‘काल धमाल’, ‘सलामे’, ‘मौला मौला’, ‘झलक दिखला जा’ जस्ता गीत चर्चित मानिन्छन् । आइटम गीतमा भने सोनू कक्कडको स्वर छ । उनका ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू थिम’, ‘लण्डन ठुमकदा’, ‘कर मुण्ड्या’, ‘हर रात तेरी’ जस्ता गीतहरु लोकप्रिय छन् ।

फिल्मको तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहले संगीत भरेका छन् । चर्चित भारतीय गायक तथा संगीतकार कैलाश खेरको स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । फिल्मका निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गीत रेकर्ड गर्ने प्रचलन भए पनि आफूले सबै काम भारतमै गरेको बताए । यसले संगीतको गुणस्तर उत्कृष्ट हुने उनको विश्वास छ ।

यो फिल्ममा पल शाह र पूजा शर्मा मुख्य भूमिका छन् । ‘म यस्तो गीत गाउँछु’को दुई सिरिजपछि उनीहरुबीच यो तेस्रो सहकार्य हो । ‘रावायण’मा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतको पनि अभिनय छ । आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा सौरभ लामाको छायांकन छ ।