मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप भन्छन्, ‘४ वर्षमा एउटा फिल्म पनि गरेँ, अब वर्षमा ४ वटा फिल्म गरेर हेर्छु’

फिल्मीखबर, काठमाडौं, 2024/05/15

 

अहिलेको समयका बिकाउ अभिनेता हुन्, प्रदीप खड्का । उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा देखिन्छ । यसैले फिल्ममा उनको माग उच्च छ । ‘प्रेमगीत’बाट स्टारको रुपमा उदाएका उनले लामो समय वर्षमा एक/दुईवटा फिल्ममा मात्र काम गरे । अब भने उनले काम गर्ने शैली बदलेका छन् । यस वर्षदेखि प्रदीपले वर्षमा ३/४ वटा फिल्ममा काम गर्ने नीति लिएका छन् ।

अहिले उनको लाइनअपमा लगभग आधा दर्जन फिल्म छन् । उनले अचानक धेरै फिल्ममा काम गर्ने मनस्थिति बनाउनुलाई विभिन्न हिसाबले टिप्पणी भइरहेको छ । उनी भने यसलाई आफ्नो परीक्षण मान्छन् । ‘पहिला मैले एउटा तरिकाले काम गरेँ । अब एकदमै बिजी भएर हेरम् न भन्ने भएको हो । मेरो क्षमता कति रहेछ र कति काम गर्न सक्ने रहेछु भनेर परीक्षण गर्दैछु,’ उनले भनेका छन् ।

वर्षमा ३/४ वटा फिल्म गर्दा कस्तो ‘आउटपुट’ आउँछ भन्ने हेर्न खोजेको उनको भनाई छ । ‘वर्षमा ३/४ वटा फिल्म हेर्दा ‘आउटपुट’ कस्तो निस्किँदो रहेछ भनेर मैले हेर्न खोजेको हुँ । ४ वर्षमा एउटा गर्दा र वर्षमा ३/४ वटा गर्दा एउटै भयो भने त यो नै राम्रो हो नि,’ उनी सुनिए । उनी पहिला ४ वर्षमा एउटा फिल्म गर्नु र अब एक वर्षमा ४ वटा फिल्ममा काम गर्न लाग्नुलाई आफ्नै निर्णय मान्छन् ।

प्रदीप महंगा अभिनेता समेत चिनिन्छन् । तर, आफूले अहिलेसम्म धेरै पैसा डिमान्ड नै नगरेको उनको दाबी छ । यद्यपि, पहिलाको तुलनामा अहिले धेरै राम्रो पारिश्रमिक मिल्ने गरेको उनी स्वीकार गर्छन् । ‘प्रेमगीत’मा एक लाख पारिश्रमिक पाएका उनले ‘प्रेमगीत २’मा सेयरमा बस्दा निर्माताबाट गाडी पाएका थिए । अहिले एउटा फिल्मबापत उनले ३० लाखमाथि पारिश्रमिक बुझ्ने गरेका छन् ।

रोमान्टिक हिरोको छवि बनाएका प्रदीप अब आफूलाई भर्सटायल बनाउने प्रयासमा देखिन्छन् । त्यसको सुरुवात ‘प्रकाश’बाट भयो । यसमा उनले भिन्न चरित्रमा पनि बाँच्न सक्ने अभिनेताको रुपमा आफूलाई प्रमाणित गरे । यही जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूजार सार्की’मा पनि उनले फरक चरित्र निभाएका छन् । रोमान्टिक हिरोको यो रुपान्तरण अर्थपूर्ण मान्न सकिन्छ ।