मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतिलाई पहिलो गाँसमै ढुंगा

फिल्मीखबर, काठमाडौं, 2024/05/17

Niti Shah

 

फिल्मको सफलता र असफलता कलाकारको मुठ्ठीमा हुँदैन । तर, त्यसले करिअरमा भने ठूलै प्रभाव पार्छ । फिल्मको सफलताले अगाडिको यात्रा सहज बनाउन भूमिका खेल्छ भने असफलताले संकटमा पर्ने खतरा हुन्छ । यसैले हरेक कलाकारलाई फिल्मको सफलताको दबाब रहन्छ । झन् पहिलो फिल्म छ भने त यसको दबाब अझ चर्को हुन्छ । यद्यपि, अभिनय पनि अर्थपूर्ण मानिन्छ ।

फिल्मको सफलता र अभिनयको प्रशंसा दुवै भएन भने झन् के होला ? यो महसुस यतिबेला अभिनेत्री नीति शाहले जति अरु कसले गरेको होला र ? लामो अन्योलतापछि फिल्म ‘खजुरे ब्रो’बाट उनको डेब्यु भयो । उनको नामले फिल्मको चर्चा भए पनि टिजरदेखि ट्रेलरसम्म उनलाई ‘शो-पिस’ बनाइयो । प्रचार सामाग्रीबाटै फिल्ममा उनको भूमिका महत्त्वपूर्ण छैन भन्ने संकेत मिलिसकेको थियो ।

अन्ततः टिजर र ट्रेलरमा जस्तै फिल्ममा पनि नीति ‘शो-पिस’बाट माथि उठ्न सकेकी छैनन् । उनको उपस्थितिले फिल्मको कथामा कुनै भूमिका खेलेको छैन । न त उनी हुनुको अर्थ निर्देशकले बुझाउन सकेका छन् । निर्माण टिमले उनको चर्चालाई भजाउन मात्र फिल्ममा लिएको देखिन्छ । र, उनले पनि डेब्युका लागि हतार गरेको देखिन्छ । त्यसो त यो फिल्म आफैं कमजोरीले भरिएको छ ।

‘खजुरे ब्रो’ करिअरको प्रस्थान विन्दू भएकाले नीतिलाई व्यावसायिक सफलता र अभिनयको प्रशंसा अनिवार्यझैँ थियो । तर, उनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । फिल्मले निर्माताको लगानीको एक हिस्सा पनि उठाउने देखिँदैन । न त नीतिले अभिनयमा कुनै प्रभाव छाड्न सकेकी छन् । फिल्ममा उनको अभिनयले आँखा बिझाउँछ । यो स्तरको अभिनयले उनको भविष्य सुखद देखिँदैन ।