मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘बलिदान’ बन्न ढिलाई हुँदा समीरको डेब्यु बन्यो ‘१२ गाउँ’

फिल्मीखबर, काठमाडौं, 2024/05/20

biraj bhatta and samir bhatta

 

‘एक्सन स्टार’ विराज भट्टका छोरा समीर भट्ट फिल्म ‘बलिदान’बाट डेब्युको तयारीमा थिए । तर, यो फिल्मको सेट डिजाइन र अन्य प्राविधिक कारणले निर्माणमा ढिलाई हुने भएपछि उनले पिताको फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका छन् । सोमबार ललितपुरस्थित हात्तीबनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । फिल्मका लागि पहिलो दृश्य समीरको खिचिएको जनाइएको छ ।

विराज स्वयंको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनको पनि प्रमुख भूमिका रहनेछ भने अभिनेत्रीमा सनिशा भट्टराई र न्यान्सी खड्का छन् । दुवैको यो डेब्यु फिल्म हो । सनिशाले दर्जनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छन् भने न्यान्सी पूर्वमिस नेपाल इन्टरनेशनल हुन् । फिल्ममा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायत पनि कलाकारमा छन् ।

महेश पौडेल छायाँकार रहेको फिल्मको विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ । एक्सन-थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक झिकाएका छन् । कयैन् तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाको फिल्ममा द्वन्द्व निर्देशनसँगै विशेष भूमिकामा अभिनय पनि रहने जनाइएको छ । उनी केही दिनभित्र नेपाल आउँदैछन् ।

 

biraj bhatta and samir bhatta


‘१२ गाउँ’पछि समीरले आगामी साउनदेखि ‘बलिदान’मा काम गर्नेछन् । उनले लामो समयदेखि मुम्बई बसेर अभिनय, नृत्य, मार्सल आर्ट तथा द्वन्द्वको तालिम गरेका थिए । जब विराजले ‘१२ गाउँ’बाट छोराको डेब्यु निश्चित गर्दै आफ्नो सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गरेका थिए, त्यसपछि धेरै मेकरको नजर समीरमा परेको छ । उनलाई एक्सन फिल्मबाट प्रस्ताव पनि ओइरिएको छ ।