मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सौगात र सृष्टिको मिलन !

फिल्मीखबर, काठमाडौं, 2024/05/21

saugat malla and Shristi Shrestha

 

पूर्व प्रेम जोडी हुन्, सौगात मल्ल र सृष्टि श्रेष्ठ । करिब ५ वर्ष उनीहरु प्रेम सम्बन्धमा थिए । त्यसबेला चर्चा के पनि चलेको थियो भने उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । विवाहको योजनामा समेत थिए । तर, २०७९ सालमा उनीहरुले प्रेम सम्बन्धलाई नै टुंग्याउने निर्णय गरे । नेपाली फिल्म क्षेत्रमा उदाहरणको रुपमा लिइने यो प्रेम जोडीको ब्रेकअपले धेरैलाई आश्चर्यमा पारेको थियो ।

प्रेममा रहँदा सौगात र सृष्टिको फिल्ममा निरन्तर सहकार्य हुँदै आएको थियो । उनीहरुले ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘द सेक्रेट अफ राधा’, ‘द रेड सुटकेस’ जस्ता फिल्ममा काम गरेका थिए । ब्रेकअपपछि फिल्ममा उनीहरुको सहकार्य असम्भवझैँ थियो । तर, बजारको यो अनुमानलाई दुवैले गलत सावित गरिदिए । हालै उनीहरुले फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका छन् ।

गत बैशाखदेखि लमजुङस्थित भुजुङ गाउँमा फिल्मको छायांकन भइरहेको थियो । त्यहाँको सेड्युल सकिन करिब एक हप्ता बाँकी रहँदा सृष्टि पुगेकी थिइन् । फिल्ममा उनले सौगातको जोडी भएर काम गरेकी छन् । भुजुङको सेड्युल सकिएपछि सृष्टिले मंगलबार इन्स्टाग्राममा एक भिडियो पोस्ट्याएकी छन्, जहाँ उनको छेवैमा आएर सौगात उभिएका छन् । दुवै एकअर्कासँग सहज देखिन्छन् ।

 

pujar sarki


फिल्ममा सौगात र सृष्टिले सहज रुपमा काम गरेको निर्देशक निगम श्रेष्ठले बताए । उनले भने, ‘उहाँहरुलाई एकसाथ काम गराउन गाह्रो भएन । त्यहाँ उहाँहरुको व्यक्तिगत कुराले त्यस्तो केही पनि समस्या आएन । सेटमा उहाँहरुले असहज महसुस गरेको पनि देखिनँ । मिलेरै र सहज रुपमा नै काम गर्नुभएको थियो ।’ सौगात र सृष्टिले यसअघि निगमकै ‘लालपूर्जा’मा पनि काम गरेका थिए ।

प्रेम सम्बन्धलाई टुंग्याएपछि सौगात र सृष्टिबीच बोलचाल नै बन्द भएको थियो । अघिल्लो वर्ष इटालीको ‘भेनिस फिल्म फेस्टिभल’मा ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियरमा दुवै आमने-सामने भए पनि एकअर्कासँग बोलचाल र हेराहेर भएको थिएन । ‘भाइरल गोर्खे’ले भने उनीहरुबीच मिलन गराएको छ । अब ‘प्याचअप’ पनि हुन्छ अथवा व्यावसायिक सम्बन्ध मात्र कायम रहन्छ, त्यो हेर्न बाँकी छ ।