मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गजनी’का लागि सलमान थिए पहिलो रोजाई

फिल्मीखबर, काठमाडौं, 2024/05/22

DID YOU KNOW? Salman Khan Was The First Choice To Play The Lead In Aamir  Khan's Blockbuster Hit Ghajini? - DEETS INSIDE

 

सन् २००८ मा आएको सफल फिल्म ‘गजनी’लाई अभिनेता आमिर खानको करिअरको कोशेढुंगा मानिन्छ । यसमा उनले निभाएको चरित्र र अभिनय प्रभावशाली थियो । सन् २००५ मा आएको तमिल अभिनेता सूर्या स्टारर फिल्म ‘गजनी’को हिन्दी रिमेकको रुपमा बनेको यो फिल्म सय करोड कमाउने पहिलो बलिउड फिल्म समेत हो । यसको विश्वव्यापी कमाई मात्र ३ सय करोडमाथि थियो ।

तर, ‘गजनी’का लागि आमिर पहिलो रोजाई थिएनन् । तमिल भर्सनको समेत निर्देशन गरेका एआर मुर्गदास यसको हिन्दी रिमेकमा अभिनेता सलमान खानलाई लिन चाहन्थे । तर, ‘गजनी’को हिन्दी र तमिल दुवै भर्सनमा भिलेनको भूमिका निभाएका प्रदीप रावतले निर्देशक मुर्गदासलाई आमिरको नाम सुझाएका थिए । हालै एक अन्तर्वार्ताको क्रममा उनी स्वयंले यो कुराको खुलासा गरेका हुन् ।

‘मुरुगादास यसको हिन्दी रिमेकमा सलमानलाई लिन चाहन्थे । त्यसबेला मलाई मनमा लाग्यो कि सलमान रिसाहा छन् र मुरुगादास अंग्रेजी या हिन्दीमा कुरा गर्दैनन् । त्यतिबेला मुरुगादासको कुनै पर्सनालिटी पनि थिएन । यसैले सलमानलाई सम्हाल्न सकिँदैन भन्ने मलाई लाग्यो । छायांकनको बेला बिना कारण कुनै समस्या आउनसक्छ भनेर आमिरलाई लिन सुझाव दिएँ,’ प्रदीपले भनेका छन् ।

 

pujar sarki


‘गजनी’भन्दा अगाडि आमिरसँग प्रदीपले सन् १९९९ मा आएको फिल्म ‘सरफरोश’मा काम गरेका थिए । त्यसबेला उनलाई आमिर शान्त स्वभावको लागेको थियो । यसैले ‘गजनी’का लागि उनले आमिरको नाम मुरुगादासलाई सिफारिस गरेका थिए । उनी भन्छन्, ‘मलाई लाग्यो कि आमिर नै यो चरित्रका लागि सही हुन्छन् । किनकि, उनी शान्त स्वभावका छन् र सबैलाई राम्रो व्यवहार गर्छन् ।’

‘गजनी’मा सहकार्य हुन नसकेको भए पनि सलमान र मुरुगादासले यतिबेला फिल्म ‘सिकन्दर’मा काम गरिरहेका छन् । मुरुगादास साउथका अब्बल निर्देशक मानिन्छन् । उनले ‘दरबार’, ‘सरकार’, ‘स्टलिन’, ‘स्पाइडर’, ‘थुप्पाकी’ जस्ता एक दर्जन फिल्मको निर्देशन गरेका छन् । ‘गजनी’पछि मुरुगादासले बलिउडलाई ‘होलिडे : अ सोल्जर इज नेभर अफ ड्युटी’ जस्तो सफल फिल्म दिएका थिए ।