मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रतिस्पर्धामा उत्रिए ‘पूजार सार्की’ र ‘फर्की फर्की’, स्टारहरुको परीक्षा

फिल्मीखबर, काठमाडौं, 2024/05/23

यस वर्षको ठूलो रिलिज मानिएको ‘पूजार सार्की’ र ‘फर्की फर्की’को भाग्य परीक्षा सुरु भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट दुवै फिल्म व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैमा ठूला ‘स्टार’ छन् । यसैले यो रिलिजलाई प्रतिष्ठाको लडाईंको रुपमा हेरिएको छ । इनिसियल व्यापार ‘स्टार’कै काँधमा हुने भएकाले यसलाई स्टारडमको परीक्षा समेत मानिएको छ ।

‘पूजार सार्की’मा तीन ‘स्टार’ अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ । पहिलोपटक उनीहरु एकसाथ देखिएकाले त्यसको फाइदा व्यापारमा हुनसक्ने आँकलन छ । फिल्ममा उनीहरुले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर काम गरेका छन् । रोमान्टिक भूमिकामा रुचाइएका यी तीन ‘स्टार’ले यसमा ग्रामीण चरित्र बाँचेका छन् । जुन फिल्मको रोचक पक्ष हो ।

 

pujar sarki and farki farki


फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा बनेका ‘प्रसाद’ र ‘प्रकाश’बाट निर्देशनमा अग्लो कद बनाएका उनीप्रति दर्शकहरुको एउटा तप्कामा ठूलो विश्वास छ । यसको फाइदा ‘पूजार सार्की’लाई हुनसक्छ । फिल्मले उठाएको विषय पनि दर्शकलाई आकर्षित गर्ने बलियो आधार हो । यो फिल्मले जातीय विभेदविरुद्धको कथालाई उठान गरेको छ ।

सुवास भुसालको निर्माण रहेको फिल्ममा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको जोडी भएर परीक्षा लिम्बू प्रस्तुत छिन् । उनीहरुबीचको अन्तरजातीय प्रेमलाई फिल्मले कथाको मियो बनाएको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।

यसैगरी, ‘टाइम लुप’को कथामा बनेको ‘फर्की फर्की’लाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन् । ट्रेलरले बनाएको हाइप र अनमोलको स्टारडमको फाइदा फिल्मलाई हुनसक्ने आँकलन छ । बिहीबार काठमाडौंमा भएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया पाएको थियो । यसको प्रभाव पनि व्यापारमा देखिन सक्छ ।