मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गाउँ आएको बाटो’को ट्रेलर : गाउँमा सडक र गाडी आएपछिको कथा

फिल्मीखबर, काठमाडौं, 2024/05/23

DAYAHANG RAI - PASHUPATI RAI - PRASAN RAI

 

‘नुमाफुङ’ जस्तो मास्टरपिस फिल्म दिएका नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक साढे ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा फिल्मले भन्ने ट्रेलरले बुझाउँछ ।

अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् । त्यसपछि दयाहाङको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा दयाहाङको श्रीमतीको भूमिका पशुपति राईले निर्वाह गरेकी छन् भने छोराको भूमिकामा प्रसान राईले अभिनय गरेका छन् । ट्रेलरमा प्रसानको अभिनयले ध्यान खिच्छ । यो फिल्मले २० वटाभन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाइसकेको छ । यसले गर्दा पनि फिल्मप्रति घरेलु दर्शकहरुमा उच्च अपेक्षा देखिन्छ ।

फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । फिल्मको निर्माता अमोद राई र नवीन सुब्बा हुन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा छन् । दयाहाङ ‘गाउँ आएको बाटो’लाई आफ्नो करिअरको उत्कृष्ट फिल्म मान्छन् ।