मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्टार सिस्टम’ सकिनुपर्छ : निर्देशक भंसाली

एजेन्सी, काठमाडौं, 2024/05/25

Sanjay Leela Bhansali | Spotify

 

निर्देशक सञ्जय लीला भंसालीको बलिउडमा अग्लो नाम छ । उनले बनाएका फिल्मले बलिउडलाई नै नयाँ दिशा दिने गरेका छन् । विशेषगरी पिरियड ड्रामा (इतिहासको कालखण्ड वा पात्रमाथि) फिल्म बनाउन रुचाउने उनीसँग बलिउडका एकसेएक ‘स्टार’ काम गर्न चाहन्छन् । तर, उनी भने ‘स्टार सिस्टम’ नै हुनुहुँदैन भन्ने पक्षमा देखिन्छन् । बलिउडलाई कलाकार चाहिएको उनको तर्क छ ।

‘स्टार’ र कलाकारको मुद्धामा निर्देशक भंसालीले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो इन्डस्ट्रीमा कलाकारको आवश्यकता छ । ‘स्टार सिस्टम’ सकिनुपर्छ । यद्यपि, केही यस्ता ‘स्टार’ पनि छन्, जो राम्रो कलाकार हुन् । त्यस्ता ‘स्टार’सँग मैले पनि काम गरेको छु । यसर्थ उनीहरु कलाकार हुन् ।’ भंसाली अब चाँडै रणवीर सिंह र आलिया भट्टलाई लिएर फिल्म ‘लभ एण्ड वार’ बनाउँदैछन् ।

उनले निर्देशन गरेको पहिलो वेब सिरिज ‘हीरामण्डी’ अहिले चर्चामा छ । यसमा उनले ठूला ‘स्टार’ लिएका छैनन् । तर, ज-जसलाई जुन-जुन भूमिकामा लिएका छन्, हरेकले जीवन्त अभिनय गरेका छन् । फिल्म होस् वा सिरिज, भंसालीको ‘कास्टिङ प्रोसेस’ भने अचानक हुने गर्छ । उनी ज्यादा विश्लेषण गर्दैनन् । कहिले काहीँ उनी कसैलाई एकपटक देखेकै भरमा पनि ‘कास्ट’ गरिदिन्छन् ।

उनी ‘हीरामण्डी’को ‘कास्टिङ’ स्मरण गर्दै भन्छन्, ‘ताजदार बलोचको भूमिकामा काम गरेका ताहा शाहले पहिला एउटा सानो रोल मात्र निभाउनेवाला थिए । तर, जब मैले उनलाई देखेँ, लिड रोलमा कास्ट गरेँ ।’ ‘गंगूबाई काठियावाडी’मा आलियाको अपोजिटमा अभिनय गरेका शान्तनु महेश्वरीलाई पनि भंसालीले आफ्नो कार्यालयमा एकपटक देखेको भरमा फिल्ममा लिने निर्णय गरेका थिए ।