मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणतन्त्र दिवसको विदामा पनि आक्रामक ‘पूजार सार्की’

फिल्मीखबर, काठमाडौं, 2024/05/28

बुद्ध जयन्तीको विदा पारेर प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले इनिसियल व्यापार आक्रामक गर्‍यो । पहिलो दिन बिहीबार र तेस्रो दिन शनिबार फिल्मको व्यापार सानदार थियो । अरु दिनमा पनि व्यापारिक रफ्तार कमजोर हुन नदिएको फिल्मले एकपटक फेरि बक्स अफिसमा आफ्नो शक्ति देखाएको छ । मंगलबार गणतन्त्र दिवसको विदामा फिल्मको व्यापारमा उछाल आएको छ ।

 

paul shah


देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको देशभरका ९ वटा स्टेशनसहित आइएनआई, वान् सिनेमाज, एफएक्यूब, बिग मुभिज, विएसआर जस्ता हलहरुमा प्राप्त गरेको शोजमा फिल्मले मंगलबार बिहानैदेखि उल्लेख्य दर्शक भित्राएको छ । मध्यान्हबाट फिल्मलाई उपलब्ध शोजमा ८० प्रतिशतमाथि अकुपेन्सी देखिएको छ भने साँझका धेरैजसो शोजहरु हाउसफुल हुने चरणमा छन् ।

 

paul shah


काठमाडौंसहित मोफसलका प्रायः हलमा पनि मंगलबार फिल्म हेर्ने दर्शक उल्लेख्य रहेको वितरकले जानकारी गराए । नेपालगञ्ज, चितवन, बुटवल, दमौली, पोखरा जस्ता सहरहरुमा फिल्मको व्यापार बलियो छ । युवापुस्ता र पारिवारिक दुवै वर्गका दर्शकलाई हलमा आकर्षित गरेको फिल्मले प्रतिक्रिया पनि असल पाएको छ । विशेषगरी अभिनेता प्रदीप खड्काको अभिनय रुचाइएको छ ।

 

paul shah


फिल्मले मंगलबार पनि बम्पर व्यापार गरेपछि सोमबार जापानबाट काठमाडौं आइपुगेका अभिनेता पल शाहले विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । दिउँसो उनी चाबहिलस्थित एफक्युब हलमा पुग्दा फिल्म हेर्ने दर्शकको ठूलो उपस्थिति देखिएको थियो । उनीसँग तस्वीर खिच्न बच्चादेखि तन्नेरीसम्मको हानाथाप चलेको थियो । दर्शकको साथले उनी पनि प्रफुलत भावमा देखिए ।

 

paul shah and dinesh raut


जापान पुगेर पहिलोपटक ‘पूजार सार्की’ हेर्दा आफू भावविह्वल भएको पलले स्मरण गरे । ‘व्यस्तताले गर्दा मैले नेपालमा फिल्म हेर्न पाएको थिइनँ । जापानमा दर्शकहरुसँग बसेर फिल्म हेरेँ । त्यसबेला मेरो आँखामा आँशु पनि आयो । त्यसमाथि दर्शकहरुको त्यो हिसाबको उपस्थितिले म डबल भावुक भएँ,’ उनले सम्झिए । दर्शकले आफ्नो अभिनय रुचाइएकोमा पनि उनले खुसी व्यक्त गरे ।

 

paul shah


‘पूजार सार्की’ले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको भए पनि निर्माण टिमले ‘कलेक्सन रिपोर्ट’ सार्वजनिक गरेको छैन । निर्देशक दिनेश राउतले अब एक हप्ताको रिपोर्ट सार्वजनिक गरिने जानकारी गराए । यद्यपि, फिल्मले मंगलबारसम्ममा ४ करोड हाराहारी व्यापार गर्ने आँकलन गरिएको छ । जातीय विभेदविरुद्धको कथामाथि आधारित भएर बनेको फिल्मका लेखक विकास सुवेदी हुन् ।