मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अहिले हिरो-हिरोइनले होइन, कलाकारले फिल्म चलाउने युग हो : रेखा थापा

फिल्मीखबर, काठमाडौं, 2024/05/29

रेखाले १० हजार मत कटाउन पनि सकिनन्

 

कुनै बेला अभिनेत्री रेखा थापाको अनुहार पोस्टरमा राखेको भरमा फिल्म चल्ने युग थियो । करिब एक दशक फिल्म क्षेत्रमा उनको नामको सिक्का राम्रै चल्यो । तर, समय सधैं एकनाश हुँदैन । विगत ७/८ वर्षयता उनको स्टारडम हलमा देखिन सकेको छैन । गत फागुनमा आएको ‘उपहार’प्रति उनलाई धेरै ठूलो अपेक्षा थियो । तर, यसले पनि उनको पुरानो स्टारडमलाई पूनर्जीवन दिन सकेन ।

६ महिना अमेरिका बसाईंपछि गत महिना छोरीको साथमा नेपाल आएकी रेखा ‘उपहार’ अपेक्षाकृत नचलेपछि अब हिरो-हिरोइनले फिल्म चलाउने युग नरहेको निष्कर्षमा पुगेकी छन् । उनले हालै एक अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले कलाकारले फिल्म चलाउने युग हो । हिरो-हिरोइनले हो जस्तो मलाई लागेन ।’ फिल्म क्षेत्रमा आएको यो रुपान्तरणलाई उनले सकारात्मक रुपमै लिएकी छन् ।

‘पहिला हिरो-हिरोइनको पछाडि काम गर्ने कलाकारहरु अहिले अगाडि आएर कलाकारिताले फिल्म चलाइरहेको देख्दा मलाई गर्व महसुस हुन्छ,’ उनी थप्छिन्, ‘हिरो-हिरोइन हुनलाई राम्रो हुनुपर्छ भन्ने सोच हट्यो । यो हिसाबले फिल्म क्षेत्रमा रुपान्तरण त भएको छ, तर यसले मात्र पर्याप्त हुँदैन । हामीले बनाउने फिल्म पनि परिमार्जित हुनुपर्छ । र, हिरो-हिरोइनले पनि आफूलाई सुधार्नुपर्छ ।’

‘उपहार’ले आगामी फिल्मका लागि कस्तो रणनीति अपनाउनुपर्छ भन्ने सिकाएको उनको अनुभव छ । ‘आगामी फिल्मका लागि मैले यो-यो रणनीति प्रयोग गर्नुपर्ने रैछ भन्ने ‘उपहार’बाट सिकेको छु । यद्यपि, दर्शकहरुले फिल्म एकदमै रुचाउनुभयो । तर, विडम्बना ! हाम्रो फिल्म २/३ वटा जुध्छन् । जुधेपछि घाटा सबैलाई हुन्छ,’ उनले भनिन् । यो फिल्ममा उनको अभिनयसँगै निर्माण पनि थियो ।