मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘दिमाग खराब’बाट स्वस्तिमाको अवार्डमा ह्याट्रिक

फिल्मीखबर, काठमाडौं, 2024/06/02

May be an image of 1 person and smiling

 

अभिनेत्री स्वस्तिमा खड्का कलात्मक र व्यावसायिक दुईटै धारका फिल्ममा जमेकी छन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्मले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा स्थापित गर्‍यो । ‘होस्टेल रिर्टन्स’, ‘नाइँ नभन्नू ल ५’, ‘दिमाग खराब’, ‘छक्का पञ्जा २’ जस्ता फिल्मको सफलताले उनको करिअरलाई मजबूत बनाउन ठूलो भूमिका खेले । यतिबेला उनको करिअर उत्कर्ष विन्दूमा छ ।

कुनै बेला हिरोको वरिपरि नाच्ने भूमिकामा सीमित भएकी स्वस्तिमाले ‘बुलबुल’देखि फरक-फरक चरित्रमा काम गरिरहेकी छन् । र, मेकरहरुले पनि उनलाई फरक चरित्रमा विश्वास गर्न थालेका छन् । चरित्र केन्द्रित फिल्ममा जोड दिइरहेकी उनको अवार्डमा पनि दबदबा बढ्दो छ । ‘बुलबुल’बाट ‘राष्ट्रिय अवार्ड’ समेत जितेकी उनलाई यतिबेला ‘दिमाग खराब’बाट अवार्डको वर्षा भइरहेको छ ।

उनले दुई महिनाको अन्तरमा मात्र अवार्ड जितेर ह्याट्रिक गरेकी छन् । यस वर्षका लागि उनले पहिलो अवार्ड गत बैशाखमा भएको नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्राप्त गरिन् । यही शुक्रबार र शनिबार मात्र उनले अरु दुईवटा अवार्ड जितिन् । शुक्रबार भएको सिने सर्कल अवार्ड र शनिबार आयोजना भएको गोपीकृष्ण राष्ट्रिय फिल्म अवार्डमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।

‘दिमाग खराब’मा स्वस्तिमाले आर्थिक रुपमा कमजोर महिलाको भूमिका निर्वाह गरेकी थिइन् । उनको गाउँले चरित्र थियो । दर्शक र समीक्षक दुवैले उनको अभिनयको प्रशंसा गरेका थिए । यसैले अवार्ड पनि निरन्तर उनको पोल्टमा परिरहेको छ । अब आगामी असारमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वितरण गरिने ‘राष्ट्रिय अवार्ड’मा कसले बाजी मार्छ, त्यो चासोको विषय बनेको छ ।