मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

निर्देशक सुदर्शन थापा पक्राउ

फिल्मीखबर, काठमाडौं, 2024/06/03

सुदर्शन थापा : हिरोमा फ्लप, निर्देशनमा हिट

 

फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको बालुवाटारस्थित एक होटलबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।

गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो । अग्रवाललाई त्यसबेलै पक्राउ गरेर प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । मिलन भने पक्राउ परेका छैनन् ।

पक्राउ पर्नुअघि निर्देशक थापा आफ्नो नयाँ फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीमा थिए । उनी पक्राउ परेपछि फिल्मको छायांकन रोकिएको छ । उनलाई सोमबार नै अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारीमा प्रहरी रहेको जनाइएको छ ।

सुदर्शन नेपाली फिल्मका सफल निर्देशक मानिन्छन् । उनले ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् । गत वर्ष उनले अभिनेता अनमोल केसीविरुद्ध आपराधिक विश्वासघातको आरोपमा उजुरी हालेर पक्राउ गराएका थिए । अन्ततः यही मुद्धा उनी पनि पक्राउ परेका छन् ।