मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतीय लोकसभा चुनाव : कंगना जीत नजिक

एजेन्सी, काठमाडौं, 2024/06/04

Election results 2024: Kangana Ranaut leading from Himachal Pradesh's Mandi  Lok Sabha seat, show early trends | Latest News India - Hindustan Times

 

प्रायः आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा आउने गरेकी बलिउड अभिनेत्री कंगना रनावतको सांसद बन्ने सपना पूरा हुने देखिएको छ । भारतीय जनता पार्टीबाट हिमाचलको मण्डीमा उम्मेदवार बनेकी उनी जीत नजिक पुगेकी छन् । कंगना आफ्नो प्रतिस्पर्धीभन्दा झन्डै ७५ हजार मतान्तरले अगाडि छिन् । अब उनको जीत निश्चित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही समयअघि कंगनाले एक अन्तर्वार्तामा चुनावमा जीत हासिल गरेको अवस्थामा अभिनयबाट सन्यास लिने संकेत गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म एउटा मात्र काम गर्न चाहन्छु । मण्डीबाट मैले जितेँ भने राजनीति मात्र गर्नेछु ।’ आफूले जित्ने देखिएपछि उनले आफ्नो प्रतिद्वन्द्वी भारतीय कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंहप्रति कटाक्ष गर्दै ‘अब झोका बोकेर घर जान’ भनेकी छन् ।

लोकसभा चुनावमा यसपटक कंगनासहित १४ जना कलाकारहरुले राजनीतिक परीक्षा दिइरहेका छन् । आसनसोल सिटमा शत्रुघन सिन्हा र मथुरमा हेमा मालिनी प्रारम्भिक मत परिणाममा अगाडि छन् । ‘रामावण’ सिरियलमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविल भने मेरठमा आफ्नो प्रतिद्वन्द्वीभन्दा ठूलो मतान्तरले पछाडि देखिएका छन् । उनको पक्षमा जीत निक्लिन कठीन छ ।

त्यस्तै, भोजपुरी फिल्मका चार सुपरस्टारहरु मनोज तिवारी, रवि किशन, पवन सिंह र दिनेशलाल यादव पनि यसपटक उम्म्मेदवार बनेका छन् । उनीहरुमध्ये मनोज र रविले मतान्तर बढाएका छन् भने पवन र दिनेशलाल पछाडि परिरहेका छन् । मलयालम स्टार सुरेश गोपी, बंगाली अभिनेत्री सायोनी घोष, अर्की बंगाली अभिनेत्री लकेट चटर्जी लगायत पनि लोकसभा चुनावमा उम्मेदवार छन् ।