मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’ले आर्यनलाई राहत

फिल्मीखबर, काठमाडौं, 2024/06/05

 

करिअरमा सफलता र असफलता दुवै देखेका अभिनेता हुन्, आर्यन सिग्देल । डेब्यु फिल्म ‘किस्मत’ सफल भएपछि उनले करिअर फर्केर हेर्नुपरेन । लभस्टोरी फिल्ममा निर्विकल्पझैँ थिए । त्यसबेलाका सर्वाधिक महंगा हिरो हुन् उनी । तर, संख्यात्मक रुपमा धेरै फिल्म गर्दा उनले आफ्नो स्टारडम भने जोगाउन सकेनन् । त्यसपछि पछ्याएको असफलताले उनको करिअर नै संकटमा पार्‍यो ।

सन् २०१५ मा आएको फिल्म ‘नाइँ नभन्नू ल ३’यता आर्यनका फिल्म लगातार असफल भए । करिअर बचाउन आफैंले ‘कायरा’ भन्ने फिल्म समेत बनाए । तर, यसले पनि उनलाई राहत दिन सकेन । यद्यपि, उनलाई फिल्मको खासै अभाव भएको देखिएन । वर्षमा एक/दुईवटा फिल्ममा काम गरिरहेका थिए । तर, श्रृंखलाबद्ध असफलताको भारले उनको करिअरलाई नै डामाडोल बनेको थियो ।

यो संकटबाट उम्कन उनलाई एउटा सफल फिल्मको खाँचो थियो । गत जेठ १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले केही हदसम्म उनको करिअरको संकटमोचन गरेको छ । फिल्मले लगानी उठाउन अझै संघर्ष गर्नुपर्ने देखिन्छ । तर, इनिसियल व्यापार जुन रुपमा भयो, त्यसले आर्यनलाई राहत दिएको छ । धेरैपछि उनको फिल्म हेर्न दर्शकको ठूलो भीड हलहरुमा देखियो ।

‘पूजार सार्की’ले आर्यनको स्टारडम कुन रुपमा फर्कायो, त्यसको परीक्षण आगामी फिल्म आउँदा हुनेछ । तथापि, उनकै लागि भए पनि हलमा पुग्ने दर्शक यसपटक उल्लेख्य देखिए । यसले पनि उनको स्टारडम गुमिसकेको छैन भन्ने देखाउँछ । र, धेरैपछि उनले अभिनयको प्रशंसा पनि पाए । अब फिल्म छनोटमा संयमित हुने हो भने उनको करिअरले सुखद् रुपमा गति लिनसक्ने देखिन्छ ।